दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, २० पौष । नेपाली कांग्रेस पर्सा का उप सभापति रामनारायण कुर्मीको नेतृत्वमा वीरगंज महानगरपालिका वडा नं १४ मा रोड नाला निर्माणको लागि गुनासो बारे बुधबार बैठक गरि छलफल गरिएको छ ।

रोड नाला निर्माणको निमित्त बसेको बैठकमा वार्ड नं १४ का वडा बासीले रोड र नाला नभएको ले बर्सात समयमा रोड हिलोमय हुनु र घरमा पानी पस्ने‌ गरेको ले सास्ती खेप्दै आएको गुनासो गरेका छन् ।

नेपाली कांग्रेस पर्साका उप सभापति वीरगंज महानगरपालिका वडा नं १४ का वडा बासिहरुको गुनासो‌ सुने पछी त्यस लगत्तै वीरगंज महानगरपालिका का उप मेयर इम्तियाज आलम लाइ रोड र नालाको समस्याको बारेमा नेपाली कांग्रेस पर्साका उप-सभापति रामनारायण कुर्मीले ध्यान आकर्षण गराएका थिए ।

ध्यान आकर्षण गराए लगत्तै वीरगंज महानगरपालिका का उप मेयर इम्तियाज आलमले वीरगंज महानगरपालिका वडा नं १४ को बाटो र नालाको निरिक्षण गरि त्यसको समयमै समस्या समाधान गर्ने उप मेयर आलमले वडा बासिका बिच वाचा गर्नु भएको छ ।

रोड नाला गुनासो बारे बैठक नेपाली कांग्रेस पर्साका उप सभापति रामनारायण कुर्मीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका महानगरपालिका सचिव श्याम पटेल, नेपाली काँग्रेसका कार्यकर्ता, वीरगंज महानगरपालिका वडा नं १४ का नेपाली कांग्रेसका वडाका भातृ संगठन, नं १४ का वडा बासिहरु को उपस्थिति रहेको थियो ।