परमाणु क्षमता प्रदर्शनमा उत्तर कोरिया, किमले गरे ५० नयाँ रकेट प्रक्षेपक तैनाथ

उत्तर कोरियाका सर्वोच्च नेता किम जोंग उनले सैन्य शक्ति प्रदर्शनका क्रममा ५० वटा नयाँ रकेट प्रक्षेपक तैनाथ गरेका छन् ।

ती प्रक्षेपकहरू छोटो दूरीका क्षेप्यास्त्र प्रहार गर्न सक्षम रहेको र तीमध्ये केही परमाणु अस्त्र बोक्न सक्ने क्षमतायुक्त मानिएको अन्तर्राष्ट्रिय विश्लेषणमा उल्लेख छ । यसलाई दक्षिण कोरियाका लागि गम्भीर सुरक्षा चुनौतीका रूपमा हेरिएको छ ।

उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमका अनुसार नयाँ प्रक्षेपकहरूलाई एक विशेष समारोहमार्फत सार्वजनिक रूपमा प्रदर्शन गरिएको थियो । सत्तारूढ दलको आगामी महाधिवेशनअघि यो कदम चालिएको हो । सो महाधिवेशनमा किमले सैन्य क्षमतालाई थप सुदृढ गर्ने नयाँ योजनाहरू घोषणा गर्न सक्ने अनुमान गरिएको छ ।

यी प्रक्षेपकहरू ६०० मिलिमिटर बहु–रकेट प्रणालीसँग सम्बन्धित छन् । आधुनिक निर्देशन प्रविधि र कृत्रिम बुद्धिमत्ता आधारित प्रणाली जडान गरिएको दाबी गरिएको छ । विज्ञहरूका अनुसार यो प्रणाली पारम्परिक तोपखाना र ब्यालिस्टिक क्षेप्यास्त्रबीचको प्रविधिसँग मिल्दोजुल्दो प्रकृतिको छ ।

विशेषज्ञहरूले दक्षिण कोरियाको क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलाई छल्न सक्ने उद्देश्यले यस्ता प्रणाली विकास गरिएको हुन सक्ने बताएका छन् ।

यसैबीच किम जोंग उनकी बहिनी किम यो जोंगले दक्षिण कोरियाका एक मन्त्रीले कथित मानवरहित हवाई उपकरण प्रवेशबारे माफी मागेको दाबी गरेकी छन् । उनले उत्तर कोरियाले सीमा सुरक्षा अझ कडा बनाउने चेतावनी दिँदै पुनः यस्ता गतिविधि दोहोरिए बल प्रयोग गरी जवाफ दिने बताएकी छन् ।

सन् २०१९ मा अमेरिका र उत्तर कोरियाबीचको परमाणु वार्ता असफल भएपछि दुई कोरियाबीचको सम्बन्ध निरन्तर तनावपूर्ण बन्दै गएको छ । पछिल्ला वर्षहरूमा किम जोंग उनले ‘शान्तिपूर्ण एकीकरण’को नीति परित्याग गर्दै दक्षिण कोरियालाई औपचारिक रूपमा शत्रु राष्ट्र घोषणा गरेका छन् ।

विश्लेषकहरूका अनुसार पछिल्लो सैन्य प्रदर्शनले कोरियाली प्रायद्वीपमा सुरक्षा चिन्ता अझ गहिरो बनाएको छ।

  • Related Posts

    ट्रम्पको होर्मुज क्षेत्रको सुरक्षाको प्रस्तावप्रति कुनै देशले देखाएनन् चासो

     चीनले क्षेत्रीय तनाव अन्त्य गर्न सबै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ । चीनले ऊर्जा आपूर्ति स्थिर राख्नु सबै देशको साझा जिम्मेवारी भएको पनि जनाएको छ । चिनियाँ दूतावासका अधिकारीहरूले…

    इरानमा इजरायलका लागि जासुसी गरेको आरोपमा २० जना पक्राउ

     इरानको उत्तर पश्चिमी प्रान्त पश्चिम अजरबैजानमा इजरायलका लागि जासुसी गरेको आरोपमा २० जनालाई पक्राउ गरिएको छ । तस्निम समाचार संस्थाका अनुसार प्रान्तीय अभियोजक कार्यालयले ती व्यक्तिमाथि इरानका सैनिक, प्रहरी र…

    पहिलो

    प्रतिबन्धित TRAMADOL ट्याब्लेट सहित दुई जना मानिस पक्राउ-

    • March 15, 2026
    • 71 views
    प्रतिबन्धित TRAMADOL ट्याब्लेट सहित दुई जना मानिस पक्राउ-

    रवि लामिछानेको मुद्दा हेर्दा हेर्दैमा

    • March 15, 2026
    • 24 views
    रवि लामिछानेको मुद्दा हेर्दा हेर्दैमा

    नेशनल मेडिकल कलेज द्वारा पर्सा र बारा जिल्लाका मदरसा तथा यतीमखानामा कपडा वितरण-

    • March 15, 2026
    • 93 views
    नेशनल मेडिकल कलेज द्वारा पर्सा र बारा जिल्लाका मदरसा तथा यतीमखानामा कपडा वितरण-

    गृहमन्त्री अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस

    • March 15, 2026
    • 18 views
    गृहमन्त्री अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस

    यी हुन् राप्रपाले छानेका चार समानुपातिक सांसद

    • March 15, 2026
    • 17 views
    यी हुन् राप्रपाले छानेका चार समानुपातिक सांसद

    सम्मानजनक मत पाएको उज्यालो नेपालको निष्कर्ष, संगठन विस्तारमा केन्द्रीत हुने निर्णय

    • March 15, 2026
    • 20 views
    सम्मानजनक मत पाएको उज्यालो नेपालको निष्कर्ष, संगठन विस्तारमा केन्द्रीत हुने निर्णय