दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ३१ श्रावण । वडा प्रहरी कार्यालय, बिर्ता ले विशेष सूचनाको आधारमा बुधबार बिहान करिब ०९:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. ०४ स्थित रहेको त्रिजुद्ध महाबिर प्रसाद रघुविर राम माध्यमिक विद्यालय, विर्ता बाट दुई जना मानिस तथा एक जना महिला लाई आफ्नो नियन्त्रणमा लिएको छ ।

उल्लेखित बिघालयमा B. B. S. दोस्रो वर्षको परीक्षा चलिरहेको अवस्थामा Economics विषयको प्रश्नपत्र र उत्तर पुस्तिका परीक्षा केन्द्रबाट वाहिर निकाली अन्य व्यक्ति मार्फत उत्तरपुस्तिका लेखि लेखाई पुनः उत्तर पुस्तिका परीक्षा केन्द्रमा बुझाई परीक्षालाई अमर्यादित बनाइ रहेको पर्सा जिल्लाको कालिकामाई गाउँपालिका वडा नं. ०१, रबिदास टोल बस्ने वर्ष ६१ को मोहन प्रसाद यादव तथा बारा जिल्लाको विश्रामपुर गाउँपालिका वडा नं. ०१, कल्यानपुर घर भई हाल त्रिजुद्ध महाविर विद्यालयको कम्प्युटर शिक्षक तथा हाल सञ्चालन रहेको परीक्षाको परीक्षा प्रमुख वर्ष ५४ को विनोद कुमार स्वर्णकार लाई प्रहरी निरीक्षक विदुर प्रसाद सिवाकोटीको कमाण्डमा खटिएको प्रहरी टोलीले गोप्यरूपमा निगरानी गरि नियन्त्रणमा लिने सफल भएका छन ।

परीक्षा केन्द्रमा मोहन प्रसाद यादव संकाष्पद तरिकाले फायल बोकी परीक्षा केन्द्र भित्र रहेको कम्प्युटर कक्षमा रहेको कार्यालय कोठामा प्रवेश गरी उक्त फायल विनोद कुमार स्वर्णकारलाई दिएको हुँदा कानूनी रीतपुर्‍याई खानतलासी गर्दा विनोद कुमार स्वर्णकारको साथबाट मोहन प्रसाद यादवले दिएको फाईल खोली हेर्दा TU को Symbol Number ७००१५१८८७ B. B. S. दोस्रो वर्षको Economics विषयको आठ पाना उत्तरपुस्तिका फेला परेको हुँदा निजहरूलाई नियन्त्रणमा लिइ शिक्षा ऐन २०२८ बमोजिम जिल्ला प्रशासन कार्यालय, पर्साबाट पाँच दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भैरहेको छ ।

साथै प्रारम्भिक अनुसन्धानको क्रममा उल्लेखित सिम्बल नम्बर को परीक्षार्थी पक्राउ परेका मोहन प्रसाद यादवको जेठो छोराको श्रीमती (छोरा बुहारी) विमा कुमारी यादव भएको व्यहोरा समेत जिल्ला प्रहरी कार्यालय, पर्सा का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताएका छन् ।