पर्वतका ग्रामीण सडकमा मोटरेबल पुल बन्दै

पर्वत । चालु आर्थिक वर्षमा जिल्लाका ग्रामीण सडकमा मोटरेबल पुल निर्माण हुने भएको छ । जिल्लाका विभिन्न क्षेत्रमा रहेका सडकलाई बाह्रैमास सञ्चालन गर्ने उद्देश्यले तीन वटा खोलामा मोटरेबल पुल निर्माण गर्न थालिएको हो ।

जिल्लास्थित पूर्वाधार विकास कार्यालयका अनुसार पैँयु गाउँ गाउँपालिकाको सरौखोलास्थित छत्तिसेघाट, कुश्मा नगरपालिका र फलेबास नगरपालिकाको सिमानामा रहेको मल्याङ्दीखोला र परादी–गिज्यान सडकअन्तर्गत मोदीखोलामा मोटरेबल पुल निर्माण गरिने भएको हो ।

तीन वटा पुलमध्ये दक्षिण पर्वतको पैँयु गाउँपालिकामा पर्ने सरौँ-बालाकोट खण्डअन्तर्गत छत्तिसेघाट मोटरेबल पुलको निर्माण तीव्र गतिमा भइरहेको कार्यालय प्रमुख सन्तोष अर्यालले बताए । करिब २५ मिटर लामो उक्त पुलको ४५ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको पूर्वाधार कार्यालय पर्वतले जनाएको छ ।

रु चार करोड ४३ लाखको लागतमा पुल निर्माण भइरहेको अर्यालले जानकारी दिए । उनका अनुसार यो पुल निर्माणको जिम्मा कस्तुरी कन्स्ट्रक्सनले पाएको छ । यो पुलमा हालसम्म रु एक करोड ८३ लाख भुक्तानी भइसकेको छ ।

वर्षायाममा सरौखोलामा आउने ठूलो बाढीका कारण पैँयु गाउँपालिकाको सरौखोला र महाशिला गाउँपालिकाको होश्राङ्दी, भोक्सिङ र बालाकोटका नागरिकले समस्या भोग्दै आएका थिए । पुल निर्माणपछि बाह्रैमास सहज रूपमा उक्त सडक सञ्चालन हुने स्थानीय खगेन्द्र तिवारीले जानकारी दिए ।

कुश्मा–१० पीपलटारी र फलेबास–३ शङ्करपोखरी जोड्ने गरी मल्याङदीखोला माथि मोटरेबल पुल निर्माण पनि सुरु हुन थालेको छ । सोह्र मिटर लामो यो पुल रु दुई करोड ५० लाखको लागतमा बन्न लागेको हो । बहुवर्षीय योजनाअन्तर्गत निर्माण हुने यो पुल पनि दुई वर्षभित्र सम्पन्न हुने कार्यालय प्रमुख अर्यालले बताए। यो पुलका लागि चालु आर्थिक वर्षमा रु एक करोड विनियोजन भएको छ ।

यो पुल निर्माणपश्चात् कुश्मा नगरपालिकाको वडा नंं ९ पीपलटारी, वडा नंं ८ कटुवाचौपारीका साथै फलेबास नगरपालिकाका शङ्करपोखरी, खानीगाउँ, थापाठाना, भँगरा, कार्किनेटालगायत बासिन्दा लाभान्विन हुने भएका छन् । पुलको अभावमा अहिले स्थानीय जोखिम मोलेर खोला वारपार गर्न बाध्य छन् ।

मध्यपहाडी लोकमार्गको वैकल्पिक सडकका रूपमा प्रयोग गर्न सकिने परादी-मोदी-गिज्यान-ठाना-तिलाहार खण्डमा पर्ने मोदीखोलामा पनि मोटरेबल पुल निर्माण गर्न थालिएको छ । कुश्मा-८ परादी र मोदी गाउँपालिका-६ गाडतारा जोड्ने उक्त पुल चालु आर्थिक वर्षदेखि निर्माण गर्न लागिएको हो । पुलको बोलपत्र आह्वान भइसकेको छ भने पर्वतको कस्तुरी कन्स्ट्रक्सन कम्पनीले निर्माणको सम्झौता गरिसकेको कार्यालय प्रमुख आर्यालले बताए।

बहुवर्षीय योजनाअन्तर्गत निर्माण हुने यो पुलका लागि स्रोत सुनिश्चित हुनुका साथै चालु आवका लागि रु ९० लाख विनियोजन भएको र केही दिनभित्र निर्माण सुरु हुने कार्यालयले जनाएको छ । पुल निर्माणको कूल लागत करिब रु १० करोड ४५ लाख रहेको छ भने यसको लम्बाइ ७५ दशमलव छ मिटर हुनेछ ।

परादी–गाडतारा–गिज्यान–ठाना–तिलाहार हुँदै कास्कीको सल्यान–भदौरे–पोखरा सडकको ट्राक खुलेको लामो समय भए पनि मोदीखोलामा पुल निर्माण हुन नसक्दा सडकको उचित प्रयोग हुन सकेको छैन । पुल निर्माण भएपछि यो सडकलाई मध्यपहाडी लोकमार्गको विकल्पमा प्रयोग गर्न सकिने र यात्रा अवधिसमेत छोटिने मोदी गाउँपालिका–६ तिलाहारका वडाध्यक्ष दीपेन्द्रजङ्ग लामिछानेले जानकारी दिए ।

  • Related Posts

    नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम शुभारम्भ

    रक्षा मन्त्रालय र नेपाली सेनाको सहकार्यमा शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन हुँदै आएको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिमको एघारौँ संस्करण शुरु भएको छ ।  तालिमको प्रधानसेनापति अशोक राज सिग्देलले…

    स्रोत नखुलेको नगदसहित काठमाडौँबाट दुई जना पक्राउ

    काठमाडौं महानगरपालिका-१ जय नेपाल हल नजिकबाट स्रोत नखुलेको नगद १० लाख ६३ हजार ८४० रूपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काठमाडौं कपन बस्ने रामेछाप खाँडादेवी…

    पहिलो

    प्रतिबन्धित TRAMADOL ट्याब्लेट सहित दुई जना मानिस पक्राउ-

    • March 15, 2026
    • 72 views
    प्रतिबन्धित TRAMADOL ट्याब्लेट सहित दुई जना मानिस पक्राउ-

    रवि लामिछानेको मुद्दा हेर्दा हेर्दैमा

    • March 15, 2026
    • 24 views
    रवि लामिछानेको मुद्दा हेर्दा हेर्दैमा

    नेशनल मेडिकल कलेज द्वारा पर्सा र बारा जिल्लाका मदरसा तथा यतीमखानामा कपडा वितरण-

    • March 15, 2026
    • 93 views
    नेशनल मेडिकल कलेज द्वारा पर्सा र बारा जिल्लाका मदरसा तथा यतीमखानामा कपडा वितरण-

    गृहमन्त्री अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस

    • March 15, 2026
    • 18 views
    गृहमन्त्री अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस

    यी हुन् राप्रपाले छानेका चार समानुपातिक सांसद

    • March 15, 2026
    • 17 views
    यी हुन् राप्रपाले छानेका चार समानुपातिक सांसद

    सम्मानजनक मत पाएको उज्यालो नेपालको निष्कर्ष, संगठन विस्तारमा केन्द्रीत हुने निर्णय

    • March 15, 2026
    • 20 views
    सम्मानजनक मत पाएको उज्यालो नेपालको निष्कर्ष, संगठन विस्तारमा केन्द्रीत हुने निर्णय