दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, ०६ पुष । बुधबार विहान करिव ०५:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. २७, जसौली स्थित सडकमा एक जना अधवैसे महिला रगतमा लतपतिएर लडीरहेकी छिन् भन्ने जानकारी प्राप्त हुना साथ अस्थायी प्रहरी पोष्ट उदयपुर घुर्मीबाट तत्कालै प्रहरी पठाई वडा प्रहरी कार्यालय, श्रीपुरका प्रहरी निरीक्षक डिल्लीराज सापकोटा, जिल्ला प्रहरी कार्यालय, पर्सा बाट प्रहरी निरीक्षक मनोज कुमार यादव समेतको अनुसन्धान अधिकृतको टोली पुगी सुक्ष्म अनुसन्धान गर्दा कुशल दासको घर अगाडी रहेको कच्ची बाटो किनारामा टाउको किचिएको अवस्थामा कुशल दासको श्रीमती वर्ष ३० की रिंकु कुमारी रहेको मृतकको श्रीमान कुशल दास समेत संग प्रारम्भिक अनुसन्धान गरी मृतक लासको जाँच गर्दा हातको हत्केलामा करेन्ट लागे जस्तो पोलेको दाग देखिए पछि थप बुझ्ने क्रममा कुशल दासले आफ्नै श्रीमती पर-पुरूष संग पहिला देखि नै लागेको शंका भएकोले मंगलबार मध्यराती श्रीमती रिंकु कुमारी लाई करेन्ट प्रवाह भएको बिजुलीको नाङ्गो तारले बायाँ हातमा करेन्ट लगाइ मृत्यु भए पछि आफ्नो सहोदर भाई वर्ष २८ को भरत दासलाई बोलाई सर-सलाह गरी भरत दासले चलाउने ना. ३ च ६२४७ नम्बरको कुखुराको चल्ला बोक्ने बोलेरो गाडी ल्याइ मृतक लासलाई वाहिर निकाली उल्लेखित नम्बरको गाडीले टाउकोमा किची गाडी लुकाइ छिपाइ राखेको भन्ने खुल्न बुझिन आएको हुँदा कसुरदार वर्ष ३४ को कुशल दास र भरत दास दुबै जनालाई कानून बमोजिम पक्राउ गरी वारदातमा प्रयोग भएको ना. ३ च ६२४७ नम्बरको गाडीलाई खोज तलास गर्दा वीरगञ्ज महानगरपालिका वडा नं.१७, अलौ स्थित रहेको शिवम ह्याचरी भित्र लुकाइ छिपाइ राखिएको अवस्थामा फेला पारी बरामद गरी मृतक लासको घटनास्थल तथा लास जाँच प्रकृति मुचुल्का समेतको कार्य समपन्न गरी लास पोष्ट मार्टमको लागि नारायणी अस्पताल वीरगञ्जमा पठाइ थप अनुसन्धान भैरहेको छ ।