दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २९ फागुन । अस्थायी प्रहरी पोस्ट, घण्टाघर ले सोमबार दिउसो करिब ०४:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १९, घण्टाघर तरकारी बजार नजिकै रहेको टेम्पु स्टैण्ड बाट प्रतिवन्धित लागु औषध गाँजा सहित एक जना मानिसलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

उक्त दिन पक्राउ परेका अपचिरित व्यक्तिले सेतो प्लाष्टिकको झोला साथमा लिई संकाष्पदरूपमा बस्दै गरेको अवस्थामा त्यहाँ बाट खटिएको चेकिङ टोलीले उक्त व्यक्तिलाई कानूनी रीतपुर्‍याई खानतलासी गर्दा पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा नं. ०८, जमुनिया बस्ने वर्ष ५५ को ध्रुव ठाकुरले आफ्नो साथमा लिएको झोलाभित्र लुकाइ छिपाई राखिएको लागु औषध गाँजा ३ के. जी. ५ सय ग्राम फेला परेको हुँदा उल्लेखित लागु औषध गाँजा सहित नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय, पर्सा मा ल्याइ निज विरुद्द लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको कुरा मंगलबार सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ध्रुव कुमार श्रेष्ठ ले बताएका छन् ।

यसै गरी फागुन २३ गते राति ०७:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १६ स्थित रहेको कवाड गोदाममा लागु औषध गाँजा खरिद बिक्री कार्य भैरहेको छ, भन्ने बिशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय, विर्ता र ईलाका प्रहरी कार्यालय, नगवा बाट खटिएको संयुक्त प्रहरी टोलीले सो गोदाममा गई कानूनी रीतपुर्‍याई खानतलासी गर्दा सो गोदाम भित्र सुन्योजित तरिकाले लुकाइ छिपाई राखिएको तिन पोका लागु औषध गाँजा ५ के. जी. ८ सय ग्राम फेला परेको र कबाड गोदाम संचालक भारतको विहार राज्य, जिल्ला पूर्वी चम्पारण, ग्राम पंचायत बस्तीपुर सिमरा, रामगढवा बस्ने वर्ष ३० को अरविन्द कुमार गुप्ता हाल फरार रहेको हुँदा निजलाई जिल्ला प्रहरी कार्यालय, पर्सा बाट तदारूक्ताका साथ खोजतलास कार्य भैरहेको व्यहोराको जानकारी समेत गराएका छन् ।