दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०२ चैत । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा बिहीबार बिहान करिब ०८:०० बजेको समयमा बिरगंज महानगरपालिका वडा नं. १५, बसपार्क स्थित बाट प्रतिबन्धित घरेलु मदिरा आफ्नो नियन्त्रणमा लिएको छ ।

उक्त दिन सवारी साधन तथा पैदल यात्रुहरु समेतको चेक जाँच गरिरहेको अवस्थामा पथलैया बाट बिभिन्न सवारी साधनमा तयारी घरेलु मदिरा लुकाई छिपाई ल्याएको हुनाले त्यहाँ बाट खटिएको प्रहरी टोलीले खोज तलास गर्दै जादाँ सुचना अनुसारको स्थानमा पुग्दा अंदाजी १ हजार लिटर तयारी घरेलु मदिरा बरामद गरी शुक्रबार स्थानीय भद्र भलादमीहरुको रोहबरमा यस कार्यालयको खाली जग्गामा नष्ट गरिएको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताएका छन् ।