दीपेन्द्र प्रजापति कालो झोला ।

बीरगंज, १४ कार्तिक । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा सोमबार राति करिब ११:४० बजेको समयमा बिल विजक भन्दा बढी रेडिमेट कपडा तथा खुद्रा सामानहरू बोकेको एउटा माल बाहक ट्रकलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

उक्त दिन वीरगञ्ज बाट झापा तर्फ जाँदै गरेको ना. ३ ख ४६५१ नम्बरको मालवाहक ट्रकलाई वीरगञ्ज महानगरपालिका वडा नं. १४, गण्डक चोकस्थित सडक खण्डमा रोकी चेक जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अन्दाजी मूल्य रू. ४२ लाख ३२ हजार ८ सय २७ बराबरको ट्रक भित्र लोड रहेको ईलेक्ट्रोनिक्स तथा खुद्रा सामानहरू नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मंगलबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताएका छन् ।