
दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, ०२ फागुन । अस्थायी प्रहरी पोष्ट, ईनर्वा गाउँले आज बिहान करिब १०:१० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १६, चालिस फिट्टे सडक खण्ड बाट प्रतिवन्धित लागु औषध चरेस सहित एक जना मानिसलाई आफ्नो नियन्त्रणमा लिएको छ ।
एक्का बिहानै त्यहाँ बाट खटिएको नियमित चेकिङ टोलीले नेपाल बाट भारत तर्फ जाने तथा भारत बाट नेपाल तर्फ आउने सवारी साधन तथा पैदल यात्रीहरूलाई चेक जाँच गर्ने क्रममा सर्लाही जिल्लाको विष्णु गाउँपालिका वडा नं. ०४, मधुवनगोठ बस्ने वर्ष ४५ को सुधिर कर्णले बोकेको रातो रंगको डिब्बा (ग्यालेन) माथि खाने घ्यू राखि रातो प्लाष्टिकमा सानो सानो पोकामा उक्त डिब्बा (ग्यालेन) भित्र लुकाइ छिपाई राखिएको लागु औषध चरेश जस्तो देखिने पदार्थ डिब्बा सहित १२ के. जी., डिब्बा/प्लाष्टिक बिनाको ११ के. जी. ५ सय ग्राम फेला परेको हुँदा बरामद लागु औषध चरेश जस्तो देखिने पदार्थ सहित निज सुधिर कर्णलाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय, पर्सा मा ल्याइ निज विरुद्द लागु औषध सम्बन्धी कसुरमा थप अनुसन्धान कार्य भइरहेको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुवास भट्ट ले बताएका छन् ।