पर्सा प्रहरी द्वारा चरेश सहित एक जना मानिस पक्राउ-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०२ फागुन । अस्थायी प्रहरी पोष्ट, ईनर्वा गाउँले आज बिहान करिब १०:१० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १६, चालिस फिट्टे सडक खण्ड बाट प्रतिवन्धित लागु औषध चरेस सहित एक जना मानिसलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

एक्का बिहानै त्यहाँ बाट खटिएको नियमित चेकिङ टोलीले नेपाल बाट भारत तर्फ जाने तथा भारत बाट नेपाल तर्फ आउने सवारी साधन तथा पैदल यात्रीहरूलाई चेक जाँच गर्ने क्रममा सर्लाही जिल्लाको विष्णु गाउँपालिका वडा नं. ०४, मधुवनगोठ बस्ने वर्ष ४५ को सुधिर कर्णले बोकेको रातो रंगको डिब्बा (ग्यालेन) माथि खाने घ्यू राखि रातो प्लाष्टिकमा सानो सानो पोकामा उक्त डिब्बा (ग्यालेन) भित्र लुकाइ छिपाई राखिएको लागु औषध चरेश जस्तो देखिने पदार्थ डिब्बा सहित १२ के. जी., डिब्बा/प्लाष्टिक बिनाको ११ के. जी. ५ सय ग्राम फेला परेको हुँदा बरामद लागु औषध चरेश जस्तो देखिने पदार्थ सहित निज सुधिर कर्णलाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय, पर्सा मा ल्याइ निज विरुद्द लागु औषध सम्बन्धी कसुरमा थप अनुसन्धान कार्य भइरहेको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुवास भट्ट ले बताएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    काठमाडौँ । इन्डोनेसियाको कालिमन्तन प्रान्तमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ८ जनाको मृत्यु भएको पुष्टि भएको छ । अधिकारीहरूका अनुसार हेलिकोप्टर बिहीबार बिहान प्लान्टेशन क्षेत्रबाट उडेको केही ५…

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने रौतहट घर…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 11 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 15 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 18 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 10 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 23 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि