दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, १२ माघ । जिल्ला प्रहरी कार्यालय, पर्सा ले मंगलबार वीरगञ्ज महानगरपालिका वडा नं. १० स्थित रहेको माँ दुर्गे मनिट्रान्सफर प्रा. लि. सञ्चालन गरी काम गर्दै आएकोमा त्यहाँ काम गर्ने तिन जना वडा नं १० नै बस्ने क्रमशः वर्ष २२ को आकाश साह, वर्ष २२ को संजय साह तथा वर्ष २१ को महम्द सकिर मियाँ लाई नेपाली नगद रू. ४ लाख २३ हजार ८ सय माँ दुर्गे मनिट्रान्सफर प्रा. लि. का सञ्चालक विजय साह सर्राफले कृषि विकाश बैंक वीरगञ्जमा जम्मा गरी उक्त जम्मा गरेको रकमको भरपाई भौचर लिइ आउनको लागि पठाइएकोमा उल्लेखित रकम जम्मा नगरी चारजनाको मिलोमतोमा निजहरू भागबण्डा लगाइ फरार भएको भन्ने समेत व्यहोराको सूचना प्राप्त भई तत्कालै त्यहाँ बाट प्रहरी निरीक्षक प्रज्वल थपलियाको कमाण्डमा खटिएको प्रहरीटोलीले निजहरुलाई सोहीं दिन साँझ ०५:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं.१० स्थित बाट नै तिनै जनालाई नियन्त्रणमा लिइ निजहरू संग रहेको रू. २ लाख २३ हजार ५ सय बरामद भएको हुँदा बुधबार पर्सा जिल्ला अदालत बाट ठगी, अपराधिक विश्वासघात तथा अपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरमा चार दिनको म्याद थप गरी अनुसन्धान भैरहेको तथा फरार रहेको व्यक्तिको पहिचान भैसकेको हुँदा निजलाई खोजतलास कार्य पनि भईरहेको कुरा बिहीबार जिल्ला प्रहरी कार्यालय, पर्सा का अपराध अनुसन्धान शाखा का प्रहरी निरीक्षक थपलिया ले बताएका छन् ।