दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, ११ पुष । जिल्ला प्रहरी कार्यालय, पर्सा ले शनिबार राति करिब ०२:०० बजेको समयमा बिल विजक भन्दा बढी खुद्रा, हार्डवेयर तथा औषधी सामानहरू बोकेको एउटा मालबाहक ट्रक लाई आफ्नो नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा उक्त दिन यहाँ बाट खटिएको टोलीले वीरगञ्ज बाट बाँके तर्फ गईरहेको वीरगञ्ज महानगरपालिका वडा नं. ०८ घण्टाघर चौक स्थित सडकखण्डमा ना ६ ख ६६६७ नम्बरको मालवाहक ट्रकलाई रोकी चेक जाँच गर्ने क्रममा नेपाल रोड क्यारियर ट्रासपोर्ट बाट पठाईएको ट्रकमा विल बिजक संकास्पद देखिएको हुँदा उक्त ट्रक नियन्त्रणमा लिई हेर्दा अन्दाजी मूल्य रू. ९४ लाख २१ हजार १५ बराबरको खुद्रा, हार्डवेयर तथा औषधीजन्य सामाग्रीहरू फेला परेको हुँदा थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि सोमबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको कुरा पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताएका छन् ।