दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज , ०२ पुष । जिल्ला प्रहरी कार्यालय पर्सा ले विशेष सूचनाको आधारमा सोमबार राति करिब ०१:१५ बजेको समयमा बिल विजक भन्दा बढी प्याज बोकेको एउटा माल बाहक पिकअप लाई आफ्नो नियन्त्रणमा लिएको छ । उक्त राति वीरगञ्ज बाट चितवन तर्फ जाँदै गरेको ना. ४ च ८७१३ नम्बरको मालवाहक पिकअपलाई त्यहाँ बाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नं. १४, गण्डक चोक स्थित सडक खण्डमा रोकी चेक जाँच गर्ने क्रममा विल विजक भन्दा बढी प्याज लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अन्दाजी मूल्य रू. १ लाख ४७ हजार ७ सय ५० बराबरको पिकअप भित्र लोड रहेको प्याज नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आजै राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताएका छन् ।