दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, १६ फागुन । जिल्ला प्रहरी कार्यालय, पर्सा ले बिल विजक भन्दा बढी विभिन्न किसिमका लत्ताकपडाहरू बोकेको ट्रक वीरगञ्ज बाट काठमाण्डौ तर्फ जाँदै गरेको अवस्थामा आईतबार आफ्नो नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा त्यहाँ बाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नं. २५, सिर्सिया स्थित सडक खण्ड बाट ना. ६ ख ६२ नम्बरको मालवाहक ट्रकलाई रोकी चेक जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अन्दाजी मूल्य रू. ९२ लाख ८८ हजार ४८ बराबरको ट्रक र सो ट्रक भित्र लोड रहेको लत्ता कपडाहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि सोमबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको कुरा पर्सा प्रहरीका प्रवक्ता डीएसपी दीपक गिरीले मंगलबार बताएका छन् ।