दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, १५ चैत । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा विभिन्न मिति, विभिन्न समयमा र विभिन्न स्थानहरू बाट बिभिन्न किसिमका मालबस्तुहरू तथा चोरी तस्करीमा सलंग्न एक जना व्यक्तिलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि बुधबार वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ ।

त्यसै सन्दर्भमा मंगलबार राति करिब ०९:३० बजेको समयमा त्यहाँ बाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नं. ०३, छप्कैया स्थित बाट भन्सार छली चोरी तस्करी गरी भित्राइएको रु. ४ लाख ५१ हजार बराबरको कुर्ता सुरवाल, कार्पेट र कुर्ता सुरवाल बनाउने थान कपडाहरूलाई बरामद गरिएको थियो ।

यसै गरी बिहीबार दिउँसो ०३:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. २१, परवानीपुर चोक स्थित बाट ना. ५ च ३३८६ नम्बरको पिकअपमा दुहुना भैंसी २ वटा र पाडा १ वटा भारत बाट भन्सार छली चोरी तस्करी गरी वीरगञ्ज बाट नवलपरासी तर्फ जाँदै गरेको अवस्थामा भैंसी साहु पर्सा जिल्लाको बहुदरमाई नगरपालिका वडा नं. ०५ बस्ने वर्ष ५५ को जोतनारायण यादव समेतलाई पक्राउ गरी उल्लेखित नम्बरको पिकअप, भैंसी र पाडालाई रु. १६ लाख ४२ हजार को मूल्यांकन गरि आवश्यक कारवाहीको लागि बुधबार नै वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको कुरा आज सूचना अधिकारी कुमार विक्रम थापाले बताएका छन् ।