दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २० असोज । जिल्ला प्रहरी कार्यालय, पर्सा ले बिहीबार भन्सार छली चोरी पैठारी गरी ल्याएका कुर्ता सुरवाल ९३ पिस, प्याज २ सय ०९ के.जी., चिनी १ सय ७० के.जी., चामल १० बोरा तथा कोका कोला ३२ पिस गरि जम्मा रू. १ लाख १६ हजार २ सय ६५ बराबरको बरामद गरी आवश्यक कारवाहीको लागि शुक्रबार वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले शनिबार बताएका छन् ।