दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २३ माघ । जिल्ला प्रहरी कार्यालय, पर्सा ले सोमबार राति करिब ०७:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १६, बसपार्क स्थित सडक खण्डमा भारत बाट भन्सार छली चोरी पैठारी गरी ल्याइएको बिभिन्न किसिमका सामानहरु आफ्नो नियन्त्रणमा लिएको छ ।

उक्त राति तस्करहरुले SKY Cut Machine-१ थान ( नक्शा प्रिन्ट गर्ने मेसिन), Plotting Paper-१ रोल, लेडिज सर्ट-२ थान, Tramanil Tablets-२ हजार १ सय ६८ पत्ता, काचो सुपारी-९४ के.जी., Afzal Mint Flavor-६० के.जी., साडी-१ थान, कुर्ता सुरवाल-२ थान तथा जुत्ता-२० जोर चोरी पैठारी गरी वीरगञ्ज भित्राइ बस पार्क तर्फ लग्दै गरेकोमा अवस्थामा त्यहाँ बाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ बोकी ल्याएको मालबस्तुहरू छाडी भागी फरार भएको हुँदा सो मालबस्तुहरू वेवारिसे अवस्थामा बरामद गरी जम्मा अंदाजी मूल्य रू. ७ लाख ३७ हजार ६ सय  मूल्यांकन गरि आवश्यक कारवाहीको लागि मंगलबार वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताएका छन् ।