दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २१ चैत । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा बीरगंज महानगरपालिका का विभिन्न स्थानहरू बाट गरि अंदाजी मूल्य रु. ५० लाख १२ हजार  १ सय ८० बराबरको विभिन्न मालबस्तुहरू बरामद गरि बीरगंज भन्सार कार्यालय मा बुझाएको छ ।

पर्सा प्रहरी का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापा को अनुसार यहाँ बाट खटिएको प्रहरी टोलीले सोमबार दिउसो करिब ०५:३० बजेको समयमा बीरगंज महानगरपालिका वडा नं. १२, पावरहाउस चौक स्थित सडक खण्ड बाट ना. ८ ख ३५४९ नम्बरको मालवाहक ट्रकमा अंदाजी मूल्य रू. ४१ लाख ९३ हजार १० बराबरका कपडा तथा खुद्रा सामानहरू मंगलबार राजस्व अनुसन्धान कार्यालय पथलैया, बारा मा बुझाइएको छ ।

यसै गरी सोमबार साँझ करिब ०७:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १६,  रजतजयन्ती चोक स्थित सडक खण्डको बाटो हुँदै  भारत बाट भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा कपडा, चिनी, सुर्ती तथा औषधीहरू बरामद गरि अंदाजी मूल्य रू. ८ लाख १९ हजार १ सय ७० बराबरको सामानहरू पनि मंगलबार नै वीरगञ्ज भन्सार कार्यालय मा बुझाइएको कुरा सूचना अधिकारी थापाले बताएका छन् ।