दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज , ०९ जेष्ठ । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा बुधबार बिहान करिब ०३:३० बजेको समयमा बिल विजक भन्दा बढी हार्डवेयर तथा औषधीहरू बोकेको एउटा माल बाहक ट्रकलाई आफ्नो नियन्त्रणमा लिएको छ ।
वीरगञ्ज बाट कैलाली तर्फ जाँदै गरेको ना. ६ ख २९०६ नम्बरको ट्रकलाई वीरगञ्ज महानगरपालिका वडा नं. ०८, भारतिय महावाणिज्य दुतावास स्थित सडक खण्डमा रोकी चेक जाँच गर्ने क्रममा विल विजक भन्दा बढी हार्डवेयर तथा औषधी लगायतका सामानहरु लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अंदाजी मूल्य रू. ५१ लाख ८४ हजार २ सय ५२ बराबरको हार्डवेयर तथा औषधी लगायतका सामानहरु नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आजै राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक केशर कुमार न्यौपाने ले बताएका छन् ।