दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, २४ कार्तिक । प्रहरी चौकी, ईनरवा पर्साले बुधबार राति करिब ०६:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं.१६ शंकराचार्य गेट स्थित सडकखण्ड बाट प्रतिबन्धित लागुऔषध नाईट्रोभेट सहित एक दम्पति लाई आफ्नो नियन्त्रणमा लिएको छ ।

उक्त दिन पनि नियमित चेकिङ्ग टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ   पैदल हिँडि आउँदै गरेका दुबै जनालाई रोकी निजहरूले बोकेको जेब्रा झोलालाई चेकजाँच गर्दा उक्त झोला भित्र प्रतिबन्धित लागु औषध नाईट्राभेट २ हजार ३ सय ९८ पिस फेला परेको थियो ।

त्यस्तै उक्त लागु औषधहरू सिमावर्ती भारतको रक्सौलबाट खरिद गरेको जानकारी प्राप्त भएको थियो । निजहरू ललितपुर जिल्लाको लललितपुर महानगरपालिका वडा नं. १४ बस्ने बर्ष ४४ को रमेश चित्रकार र बर्ष ३० को मिना कुमारी घले खुल्न आएको साथै निजहरू श्रीमान् श्रीमती भएको भन्ने प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको हुँदा फेला परेको लागु औषध बरामद गरी निजहरूलाई नियन्त्रणमा लिइ यस कार्यालयमा ल्याई बिहीबार बाट लागु हुने गरी पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद लिइ थप अनुसन्धान भैरहेको कुरा बरिष्ठ प्रहरी नायब निरीक्षक टेक बहादुर कार्की ले कालो झोला लाई बताएका छन् ।