दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, १३ असोज । जिल्ला प्रहरी कार्यालय, पर्सा ले सोमबार भारी मात्रामा प्रतिवन्धित लागुऔषध सहित पाँच जनालाई नियन्त्रणमा लिएको छ ।

बिशेष सूचनाको आधारमा उक्त दिन राति करिब ११:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १४ गण्डकस्थित सडकखण्डमा त्यहाँ बाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा पावरहाउस चोकबाट परवानिपुर तर्फ जाँदै गरेको ना १ घ २८२३ नम्वरको सार्वजनिक ई-रिक्सालाई रोकी कानूनी रीत पुर्‍याई चेकजाँच गर्दा उक्त ई-रिक्सामा सवार बारा जिल्लाको जितपुर-सिमरा उप महानगरपालिका वडा नं. ०१ बस्ने वर्ष २० को अरुण राई, वर्ष २६ को उत्तम आचार्य, काठमाडौं जिल्लाको चन्द्रगिरी गाउँपालिका वडा नं. ०४, थानकोट बस्ने वर्ष ३२ को सुबिन श्रेष्ठ, भारतको जिल्ला मोतिहारी थाना भेलाही घर भई हाल बीरगंज महानगरपालिका वडा नं. १६ बस्ने वर्ष २७ को ओमप्रकाश महतो र बारा जिल्लाको अमलेखगंज नगरपालिका वडा नं. ०३ बस्ने वर्ष ५० को प्रदीप बोहरा क्षेत्री ले कपडाको झोला भित्र लुकाइ छिपाई राखिएको अवैध लागु औषध Nitzacare नामको ट्याब्लेट प्रतिपत्ता १० का दरले ३ सय पत्ताको जम्मा ३ हजार ट्याब्लेट, डाईजेपाम १ हजार ७ सय पिस, फेनारगन १ हजार ७ सय पिस, नुफिन १ हजार ७सय पिस गरी जम्मा ५ हजार १ सय पिस फेला परेको हुँदा फेला परेको लागु औषध बरामद गरी उल्लेखित लागु औषध ओसार पसारमा संलग्न ५ जनालाई पक्राउ गरी पर्सा जिल्ला अदालतवाट जरुरी पक्राउ पुर्जीमा समर्थन गराई थप अनुसन्धान भैरहेको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीले बुधबार बताएका छन् ।