दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, ०८ चैत । जिल्ला प्रहरी कार्यालय, पर्सा ले बिल विजक भन्दा बढी विभिन्न किसिमका खुद्रा, हार्डवेयर तथा लत्ताकपडाहरू बोकेको दुई वटा ट्रक आफ्नो नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा मंगलबार वीरगञ्ज बाट नेपालगञ्ज तर्फ लैजाँदै गरेको मालबाहक ट्रकहरुलाई त्यहाँ बाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नं. ०८, घण्टाघर स्थित सडक खण्ड बाट   ना. ८ ख १६१३ र ना. ४ ख ३८३१ नम्बरको ट्रकलाई नियन्त्रणमा लिई उक्त मालवाहक ट्रकभित्र लोड रहेका  खुद्रा, हार्डवेयर तथा लत्ताकपडाहरू चेक जाँच गर्दा बिल बिजक पनि शंकास्पद देखिएको हुँदा अन्दाजी मूल्य रू. १ करोड ११ लाख ९९ हजार ३९ बराबरको मालबस्तुहरू थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि बुधबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको कुरा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताएका छन् ।