दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, १५ माघ । जिल्ला प्रहरी कार्यालय, पर्सा ले बिल विजक भन्दा बढी विभिन्न किसिमका लत्ताकपडा तथा कस्मेटिक लगायतका मालबस्तुहरू बोकेको एउटा भारतीय ट्याक्टर लाई आफ्नो नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा शनिबार साँझ करिब ०५:०० बजेको समयमा त्यहाँ बाट खटिएको टोलीले ICP गेट हुँदै वीरगञ्ज तर्फ आउँदै गरेको  भारतीय नम्बर BR 05 GC 1653 को ट्रेक्टर लाई वीरगञ्ज महानगरपालिका वडा नं. २४, बहुअरी सडक खण्डमा रोकी चेक जाँच गर्ने क्रममा विल बिजक संकास्पद देखिएको हुँदा अन्दाजी मूल्य रू. १८ लाख ४९ हजार ४ सय ४३ बराबरको ट्याक्टर र सो ट्याक्टरमा लोड रहेको लत्ताकपडा तथा कस्मेटिकका सामानहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आज राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको कुरा पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकी ले बताएका छन् ।