दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, १९ मंसिर । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा मंगलबार राति करिब ०२:४० बजेको समयमा अबैध रुपमा भारत बाट नेपाल तर्फ तस्करी गरि ल्याउँदै गरेको कुखुराको चल्ला सहित दुई वटा भारतीय नम्बर प्लेटको मोटरसाइकल पक्राउ गरेको छ ।

गए राती तस्करहरुले भारतीय कुखुराको चल्ला भन्सार छली चोरी पैठारी गरी क्वारेन्टाईन चेक जाँच समेत नगराई अबैध रुपमा लुकाई छिपाई नेपाल तर्फ भित्राउँदै गरेको अवस्थामा वीरगञ्ज महानगरपालिका वडा नं. २२, जगरनाथपुर चोक स्थित सडक खण्डमा BR 05 B 2881 र BR 05 W 8381 नम्बरको मोटरसाइकलहरु मा भारतीय कुखुराको चल्ला ४२ कार्टुनमा ४ हजार २ सय गोटा ल्याउँदै गरेको अवस्थामा त्यहाँ बाट खटी गएको प्रहरी टोलीलाई देख्नासाथ उक्त कुखुराको चल्ला छाडी भागी फरार भएकोले वेवारिसे अवस्थामा फेला पारी बरामद गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आज पशु क्वारेन्टाइन चेक पोष्ट, सिर्सिया पर्सामा बुझाइएको मा उल्लेखित चल्लाहरु पशु क्वारेन्टाइन चेक पोष्ट, सिर्सिया द्वारा नष्ट गरिएको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताएका छन् ।