दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज , ०५ चैत । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा आईतबार दिउँसो करिब ०२:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं.१६ दुर्गाहल पछाडीको गल्ली सडक खण्ड बाट हुण्डी कारोबारी लाई आफ्नो नियन्त्रणमा लिएको छ ।

उक्त दिन एक जना संकाष्पदरूपमा हिडिंरहेका व्यक्तिलाई रोकी कानूनी रीतपुर्‍याई खानतलासी गर्दा धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका वडा नं.६ हाल वीरगञ्ज महानगरपालिका वडा नं. १६ बस्ने वर्ष ५० को रामबाबु साह कलवारले बोकेको झोलामा लुकाइ छिपाई राखिएको रु.१ हजार दरका नोट ३ सय ३५ थान, रु. ५ सय दरका नोट ६ सय ८२ थान गरी जम्मा ने. रु. ६ लाख ८२ हजार र भारतीय प्रतिबन्धित रु. ५ सय दरका नोट ५६ थान गरि जम्मा भा. रू. २८ हजार बरामद गरिएको छ ।

यसै गरी कृषी विकाश बैंकको चेकबुक २ थान, सानिमा बैंकको चेकबुक ५ थान, माछापुछ्रे बैकको चेकबुक २ थान, NIMB बैंकको चेकबुक २ थान, मुक्तिनाथ विकाश बैंकको चेकबुक २ थान, ग्लोबल बैंकको चेकबुक ३ थान, प्राइम बैंकको चेकबुक २ थान तथा मेघा बैंकको चेकबुक १ थान गरी जम्मा १९ थान चेक बुक बरामद गरिएको छ भने Oneplus mobile-1 र Readmi-1 समेत फेला परेको हुँदा निजहरूलाई नियन्त्रणमा लिई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा थप अनुसन्धान कार्य भैरहेको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताएका छन् ।