दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, १० असोज । आज बिहान करिब ०६:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. ०२, ईदगाह चोक स्थित छठिमाई पोखरीको नजिकमा रहेका तीन जना मानिसहरूलाई मेघ गर्जन सहितको चट्याङ लागी घाईते भएका छन्  ।

घटना भएको जानकारी प्राप्त हुन साथ नजिकको डियूटीमा रहेको प्रहरी टोली पुगी घाईतेहरुलाई तत्कालै नारायणी अस्पताल पुर्‍याउदा राम प्रसाद उपाध्याय को छोरा वर्ष १५ को सिद्दान्त उपाध्यायको नारायणी अस्पतालले मृत घोषणा गरेको तथा अन्य २ जना क्रमशः साबिर हुसेन की श्रीमती वर्ष २९ की कुलनेसा खातुन सामान्य घाइते तथा वडा नं. ०४ बस्ने भिखारी राउतको छोरा वर्ष १३ को अर्जुन राउत गम्भिर घाइते भएको कारण थप उपचारको लागि बीरगंज स्थित नेशनल मेडिकल कलेज मा उपचार हुदै गरेको तथा मृतकको लास जाँच प्रकृती मुचुल्काको कार्य सम्पन्न गरी थप अनुसन्धान भैरहेको कुरा जानकारी हुन आएको छ ।

त्यसै गरी सोही समयमा पर्साको विन्दवासिनी गगाउँपालिका वडा नं. ०४ अमरपट्टि बस्ने वर्ष २६ को कुन्दन दास शौचालय जाने क्रममा चट्याङ लागी सामान्य घाईते भएको जानकारी प्राप्त हुनसाथ तत्कालै प्रहरी चौकी अमरपट्टी बाट खटिएको टोलीले घाईते लाई उपचारार्थ नारायणी अस्पताल वीरगञ्जमा ल्याई उपचार भईरहेको कुरा जिल्ला प्रहरी कार्यालय, पर्सा का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताएका छन् ।