दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, २८ भदौ । आज दिउँसो करिब ०२:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. २५ अलौ स्थित सडक खण्डमा बा. २ झ ४०२० नम्बरको एम्बुलेन्सले प्रदेश २-०३-०१२ प ५६०९ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा पर्साको सखुवा  प्रसौनी गाउँपालिका वडा नं. ०४ बस्ने वर्ष ४० को जुमदिन देवान र वर्ष ७० को फजिल देवान गम्भिर घाईते भएका छन् ।

 उक्त घटनाको जानकारी प्राप्त हुनासाथ तत्काल वडा प्रहरी कार्यालय, श्रीपुर बाट खटिएको टोलीले घाईतेहरूलाई उपचारको लागि तत्कालै एल. एस. न्यूरो अस्पताल वीरगञ्जमा पठाइएकोमा उक्त मोटरसाइकल पछाडि बसेका वर्ष ७० को बृद्ध फजिल देवानको आजै दिउँसो करिब ०३:०० बजेको समयमा उपचारकै क्रममा मृत्यु भएकोले उल्लेखित नम्बरको एम्बुलेन्स र चालक वीरगञ्ज महानगरपालिका वडा नं. १९ बस्ने वर्ष ४० को जियालाल यादवलाई नियन्त्रणमा लिई मृतकको लास जाँच प्रकृती मुचुल्का लगायतको अनुसन्धान कार्य  सम्पन्न गरि उक्त घटना सम्बन्धमा थप अनुसन्धान भैरहेको कुरा जिल्ला प्रहरी कार्यालय, पर्सा का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताएका छन् ।