‘पाल्पामा नयाँ उद्योग दर्ताभन्दा खारेजको संख्या धेरै’

रामपुर (पाल्पा) । यहाँका युवा व्यवसायीले दोहोरो कर तिर्नुपर्दा समस्यामा परेको गुनासो गरेका छन् । व्यवसायी अशोक श्रेष्ठले स्थानीय तह, घरेलु र कर कार्यालयमा छुट्टाछुट्टै राजस्व तिर्नुपर्ने समस्या परेको बताए । 

दसौँ राष्ट्रिय उद्योग दिवसको अवसरमा रामपुरमा आयोजित कार्यक्रममा सहभागीले व्यवसाय सञ्चालनको क्रममा नाम तथा उद्देश्य सच्याउनुपर्ने अवस्थामा नाम परिवर्तन गर्दा दर्ताभन्दा बढी शुल्क बुझाउनुपर्ने अवस्था रहेका बताएका थिए । यस्तो विद्यमान अवस्थालाई परिवर्तनको आवश्यक उनीहरूको सुझाव थियो । 

 कार्यक्रममा राज्यको कर नीति र अनुगमनको नीति परिवर्तन गर्नुपर्ने रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकाल बताए । उनले संघले उद्योगी र व्यवसायीलाई परेको विभिन्न समस्या समाधानका लागि संघले सहजीकरण गर्दै आइरहेको बताए । 

घरेलु तथा साना उद्योग कार्यालय तानसेनको आयोजना र रामपुर उद्योग वाणिज्य संघको समन्वयमा भएको कार्यक्रममा लुम्बिनी प्रदेशसभा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजुप्रसाद श्रेष्ठले उद्योग व्यवसायलाई प्रवर्द्धनका लागि प्रदेश सरकारले औद्योगिक व्यवसाय प्रवर्द्धन ऐन ल्याएको जानकारी दिएका छन् ।  

“ऐन प्रमाणित भएर कार्यान्वयनको चरणमा रहेको छ, नाम परिवर्तनको क्रममा देखिएको समस्या समाधानको लागि पहल गरिनेछ, हामीले व्यवसायी तथा उद्योगीको हितका लागि सहज हुने गरी कार्य गर्ने प्रयत्न गरेका छौँ”, उनले भने । 

पाल्पामा हाल तीन हजार सात सय ५६ उद्योग र चार हजार दुई सय ८५ वाणिज्य फर्म सञ्चालनमा रहेको घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत श्यामकुमार पौडेलले जानकारी दिए। पछिल्लो समय जिल्लामा उद्योग दर्ताभन्दा धेरै खारेज गर्नेको सङ्ख्या बढेको उनीले बताए । 

संघीयता कार्यान्वयनमा आएसँगै स्थानीय तहमा स्थानान्तरण हुने गरेपछि कार्यालयमा नयाँ दर्ता गर्ने व्यवसायी तथा उद्योगी कम हुँदै गएका हुन् । सङ्ख्यागत रूपमा जिल्लामा उद्योगी तथा व्यवसायी बढेका छन् भने घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता हुने संख्या भने कम देखिएको छ ।

  • Related Posts

    विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित

    काठमाडौं । विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । मंगलबार अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधिसभामा प्रस्तुत गरिएको ‘विनियोजन विधेयक २०८२ लाई पारित गरियो । प्रस्तुत गरेको प्रस्ताव प्रतिनिधिसभाबाट बहुमतले पारित गरेको…

    विद्युत प्राधिकरण भन्छः लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ

    काठमाडौं, १४ वैशाख/नेपाल विद्युत प्राधिकरणले हाल विद्युत आपूर्तिसम्बन्धी सामाजिक सञ्जालमा फैलिएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै देशभर विद्युत आपूर्तिमा कुनै लोडसेडिङ नरहेको स्पष्ट पारेको छ। प्राधिकरणका अनुसार हाल देशभर विद्युतको…

    पहिलो

    विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित

    • June 24, 2025
    • 8 views
    विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित

    वीरगन्ज महानगरको आ.ब. २०८२/०८३ का लागि ३ अर्ब २२ करोड बजेट बिनियोजन-

    • June 23, 2025
    • 96 views
    वीरगन्ज महानगरको आ.ब. २०८२/०८३ का लागि ३ अर्ब २२ करोड बजेट बिनियोजन-

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा बीरगंजमा आयोजना-

    • June 21, 2025
    • 56 views
    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा बीरगंजमा आयोजना-

    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    • June 20, 2025
    • 121 views
    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    • June 16, 2025
    • 161 views
    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    • June 16, 2025
    • 102 views
    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-