दीपेन्द्र प्रजापति/कालो झोला ।

सिरहा, २५ मंसिर । विशेष सूचनाको आधारमा आईतबार मध्यान्ह १२:३० बजेको समयमा सिरहा जिल्लाको नराहा गाउँपालिका वडा नं. ०२ को पानबारी, गोलबजार नगरपालिका वडा नं. ०७ को चोहर्वा र मिर्चैया नगरपालिका वडा नं. ०७ को मौराहा ईलाकाहरुको क्रमशः १० र ०५ कठ्ठा गरि अन्दाजी १५ कठ्ठा जमिनमा अवैध रुपमा लगाईएको ५ हजार प्रतिबन्धित लागुऔषध गांजा को बोटहरु सशस्त्र प्रहरी बल नेपाल, नं. ०७ गण मुख्यालय, सिरहा बाट खटिएका ६९ जना र नेपाल प्रहरीको १० जनाको टोलीले फडानी गरि नष्ट गरिएको कुरा सशस्त्र प्रहरी बल नेपाल, नं. ०२ छिन्नमस्ता वाहिनी मुख्यालय, महोत्तरी का वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगर ले बताएका छन् ।