पुर्व सभामुखको रवि लामिछानेलाई जवाफ- जिते पनि सांसद नरहने अवस्थामा कुन नैतिकताले मत माग्दै हुनुहुन्छ ?

झापा क्षेत्र नम्बर २ मा चुनावी माहोल तातिरहेका बेला निवर्तमान सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आरोपको कडा जवाफ फर्काएका छन् ।

घिमिरेले लामिछानेलाई जवाफ दिदै आफू निर्वाचित भएपछि सांसद पदमा बहाल रहन सक्ने कानूनी आधारसमेत नभएको अवस्थामा कुन नैतिकताले मत मागिरहनुभएको छ ? भन्दै प्रश्न गरेका हुन् ।

मंगलबार बिहान झापाको बिर्तामोडमा आयोजित कार्यक्रमका क्रममा लामिछानेले ‘जनताको आवाज उठाउँदा माइक काट्ने सभामुख’ भन्दै पुर्व सभामुख घिमिरेले कुन मुख मत मागिरहेको बताएका थिए । घिमिरेले लोकतान्त्रिक अभ्यासमा उम्मेदवारले आफ्ना कार्यक्रम र एजेन्डा प्रस्तुत गर्नुपर्ने उल्लेख गर्दै घृणा, व्यक्तिगत आरोप र विभाजन फैलाउने शैली दीर्घकालीन राजनीति नहुने टिप्पणी गरे ।

संसदमा माइक काट्ने विषय सभामुखको व्यक्तिगत निर्णय नभई पूर्वनिर्धारित समयसीमा र नियमावलीअनुसार हुने स्पष्ट पार्दै घिमिरेले यस्तो सामान्य संसदीय अभ्यासबारे अनभिज्ञता देखाउनु उचित नहुने बताए । उनले सभामुख, उपसभामुख वा बैठक सञ्चालन गरिरहेका अन्य सदस्यको पालामा पनि समय सकिँदा माइक बन्द हुने गरेको उल्लेख गरे । घिमिरेले व्यक्तिगत आक्षेप र आरोपको राजनीति नगर्ने प्रतिबद्धता दोहोर्‍याए।

झापा- २ मा पूर्व सभामुख घिमिरेलाई रास्वपा उम्मेदवार इन्दिरा राना मगरले चुनौती दिएकी छन् ।

  • Related Posts

    गोरखा- १ मा सुदन गुरुङले बढाए अग्रता

    गोरखा-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) का सुदन गुरुङले अग्रता लिएका छन् ।  पछिल्लो मत गणनाको अपडेट अनुसार गुरुङले ८ हजार ९९२ मत प्राप्त गरेर अग्रता बनाएका छन् ।…

    प्रत्यक्षतर्फ यी ११ सिटको मत गणना जारी, कसले कति जिते ?

     प्रतिनिधि सभाको निर्वाचनको ११ स्थानको मात्र नतिजा आउन बाँकी रहेको छ । अहिलेसम्म रास्वपाले ११८ स्थानमा जित हासिल गरेको छ भने ७ स्थानमा अझै अगाडी रहेको छ । रास्वपा सुनसरी-…

    पहिलो

    म्यानचेस्टर सिटीका प्रशिक्षक ग्वार्डिओलामाथि दुई खेल प्रतिबन्ध

    • March 8, 2026
    • 11 views
    म्यानचेस्टर सिटीका प्रशिक्षक ग्वार्डिओलामाथि दुई खेल प्रतिबन्ध

    जुवातास खेलिरहेको अवस्थामा पोखराबाट पाँच जना पक्राउ

    • March 8, 2026
    • 15 views
    जुवातास खेलिरहेको अवस्थामा पोखराबाट पाँच जना पक्राउ

    २४ घण्टामा इरानका ४०० भन्दा बढी सैन्य स्थानमा हवाई आक्रमण गरेको इजरायलको दाबी

    • March 8, 2026
    • 17 views
    २४ घण्टामा इरानका ४०० भन्दा बढी सैन्य स्थानमा हवाई आक्रमण गरेको इजरायलको दाबी

    गोरखा- १ मा सुदन गुरुङले बढाए अग्रता

    • March 8, 2026
    • 23 views
    गोरखा- १ मा सुदन गुरुङले बढाए अग्रता

    प्रत्यक्षतर्फ यी ११ सिटको मत गणना जारी, कसले कति जिते ?

    • March 8, 2026
    • 13 views
    प्रत्यक्षतर्फ यी ११ सिटको मत गणना जारी, कसले कति जिते ?

    इरान युद्धले एक सातामै तेल २७ प्रतिशतले बढ्यो

    • March 8, 2026
    • 21 views
    इरान युद्धले एक सातामै तेल २७ प्रतिशतले बढ्यो