अवैध लागूऔषधसहित सुनसरी र झापाबाट तीन जना पक्राउ

 सुनसरी र झापामा अवैध लागूऔषधसहित तीन जना पक्राउ परेका छन्।

सुनसरीको धरान उपमहानगरपालिका–८ तीनकुनेबाट प्रहरीले नियन्त्रित लागूऔषध ट्रामाडोल ५९० ट्याब्लेट र डिकोलिक ५९० ट्याब्लेटसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा मोरङको सुन्दरहरैँचा नगरपालिका–४ निवासी २१ वर्षीय सिजन अधिकारी र तेह्रथुम घर भएका २० वर्षीय नविन कडेल रहेका छन्। अस्थायी प्रहरी चौकी तीनकुनेबाट खटिएको टोलीले प्र.१–०२–०५५ प ११३२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरूलाई लागूऔषधसहित पक्राउ गरेको हो।

त्यस्तै, झापाको बुद्धशान्ति गाउँपालिका–३ किरात पार्क क्षेत्रबाट ब्राउनसुगर जस्तो देखिने १ ग्राम १० मिलिग्राम पदार्थसहित २४ वर्षीय सोनम शेर्पा पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीले उनले प्रयोग गरेको प्र.१–०१–००२ ह ६१७ नम्बरको अटो पनि बरामद गरेको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • Related Posts

    प्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुची

    काठमाडौँ  । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बैठक शुरु हुदैछ ।  आजको बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुने कार्यसूची…

    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन खिलराज रेग्मीको सुझाव

    काठमाडौँ । पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन गर्दा मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित (इन्ट्याक्ट) राख्दै शासकीय स्थायित्व र सन्तुलनमा विशेष ध्यान दिन सुझाव दिएका छन् । प्रधानमन्त्री…

    पहिलो

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 22 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 37 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 29 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 28 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    प्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुची

    • June 8, 2026
    • 32 views
    प्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुची

    आजको मौसम पूर्वानुमान ?

    • June 8, 2026
    • 35 views
    आजको मौसम पूर्वानुमान ?