पोखरामा शहरी स्वास्थ्य प्रणाली सुदृढीकरण परियोजनाको अध्ययन सम्पन्न

नसर्ने रोगको बढ्दो चुनौतीबीच पोखरा महानगरपालिकामा सहरी स्वास्थ्य प्रणाली सुदृढीकरण परियोजना अन्तर्गत एक अध्ययन सम्पन्न भएको छ । सन् २०२२ देखि २०२५ सम्म सञ्चालन भएको उक्त अध्ययन महानगरपालिकासँगको सहकार्यमा हर्ड इन्टरनेसनलले गरेको हो ।

अध्ययनमा अधिकांश बिरामी उपचारका लागि पहिलोपटक निजी औषधि पसल वा निजी स्वास्थ्य केन्द्रमा पुग्ने गरेको पाइएको छ। त्यसैले सार्वजनिक र निजी क्षेत्रबीच सहकार्य गर्दै नसर्ने रोगको उपचार तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको अध्ययनमा उल्लेख गरिएको छ ।

अध्ययनले विशेषगरी उच्च रक्तचापको परीक्षण र प्रारम्भिक पहिचानमा निजी औषधि पसलको सहभागिता प्रभावकारी देखिएको जनाएको छ। निजी औषधि पसललाई प्रारम्भिक परीक्षण र परामर्श प्रक्रियामा समावेश गर्दा समुदायमा स्वास्थ्य सेवाको पहुँच बढ्ने, जोखिममा रहेका व्यक्तिको छिटो पहिचान हुने र आवश्यक परे सार्वजनिक स्वास्थ्य संस्थामा पठाउने प्रक्रिया पनि प्रभावकारी हुने देखिएको अध्ययनले जनाएको छ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले स्वास्थ्य सेवा मानिसको जीवनस्तरसँग प्रत्यक्ष सम्बन्धित भएकाले यसको दिगोपना र नियमिततामा ध्यान दिनुपर्ने बताए। स्वास्थ्य सेवामा हुने सानो त्रुटिले पनि मानिसको स्वास्थ्य जोखिममा पर्न सक्ने भएकाले सबै पक्ष सचेत भएर काम गर्नुपर्ने उनले उल्लेख गरे ।

उनले नागरिकको स्वास्थ्य सुरक्षाका लागि महानगरपालिका प्रतिबद्ध रहेको र स्वास्थ्य सेवा सबैको पहुँचमा पुर्‍याउन प्रयास भइरहेको बताए। नसर्ने रोगको व्यवस्थापनसम्बन्धी अध्ययनले औँल्याएका विषयलाई महानगरपालिकाको नीति तथा कार्यक्रममा प्राथमिकतासाथ समावेश गरिने पनि उनले जानकारी दिए ।

कार्यक्रममा गण्डकी प्रदेशका अतिरिक्त सचिव, पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेल, औषधि व्यवसायी, औषधि पसल सञ्चालक तथा हर्ड इन्टरनेसनलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

  • Related Posts

    के शहनशिलता को उदाहरन बन्दै इरान

    काठमाडौँ । अमेरिकाले लगाएको समुद्री नाकाबन्दीका कारण इरानलाई करिब ४ अर्ब ८० करोड अमेरिकी डलर बराबरको तेल आम्दानी गुमेको बताइएको छ। एक्सियोसको रिपोर्ट अनुसार यो आँकडा अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)ले…

    युरोपमा उत्पादित कार तथा ट्रकमा ट्रम्पले लगाए २५ प्रतिशत कर

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी सातादेखि युरोपेली संघबाट आयात हुने कार तथा ट्रकमा भन्सार शुल्क बढाएर २५ प्रतिशत पुर्‍याइने बताएका छन् । ट्रम्पका अनुसार युरोपेली संघले यसअघि भएको…

    पहिलो

    के शहनशिलता को उदाहरन बन्दै इरान

    • May 2, 2026
    • 13 views
    के शहनशिलता को उदाहरन बन्दै इरान

    युरोपमा उत्पादित कार तथा ट्रकमा ट्रम्पले लगाए २५ प्रतिशत कर

    • May 2, 2026
    • 17 views
    युरोपमा उत्पादित कार तथा ट्रकमा ट्रम्पले लगाए २५ प्रतिशत कर

    आइपिएलमा आज चेन्नई र मुम्बईबीच भिडन्त

    • May 2, 2026
    • 20 views
    आइपिएलमा आज चेन्नई र मुम्बईबीच भिडन्त

    अनिलको कप्तानीमा अमेरिका र स्कटल्यान्डविरुद्ध खेल्ने नेपाल ए टिमको घोषणा

    • May 2, 2026
    • 19 views
    अनिलको कप्तानीमा अमेरिका र स्कटल्यान्डविरुद्ध खेल्ने नेपाल ए टिमको घोषणा

    के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?

    • May 2, 2026
    • 20 views
    के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?

    बुद्धको १५ फिट लामो सिंहशैय्यासन 

    • May 2, 2026
    • 22 views
    बुद्धको १५ फिट लामो सिंहशैय्यासन