प्यासिभ स्मोकिङ: स्वास्थ्यका लागि उत्तिकै घातक

धूम्रपान नगर्ने मानिसहरू फोक्सो र क्यान्सरजस्ता गम्भीर रोगबाट सुरक्षित हुन्छन् भन्ने आम धारणा छ । तर अरूले पिएको चुरोट वा बीडीको धुवाँ अनजानमै शरीरमा प्रवेश गरे पनि त्यसले गम्भीर स्वास्थ्य जोखिम निम्त्याउन सक्छ । यसलाई ‘प्यासिभ स्मोकिङ’ भनिन्छ ।

विज्ञहरूका अनुसार चुरोटको धुवाँमा ७ हजारभन्दा बढी विषाक्त रसायन हुन्छन्, जसमध्ये कम्तीमा ६९ प्रकारका तत्व क्यान्सर उत्पन्न गराउन सक्ने बताइन्छ । यो धुवाँ बन्द कोठा वा सवारीसाधनभित्र घण्टौँसम्म रहन सक्छ, जसले जोखिम अझ बढाउँछ । यसको सबैभन्दा बढी असर बालबालिका, गर्भवती महिला र वृद्धवृद्धामा पर्ने बताइएको छ ।

अध्ययनअनुसार,  प्यासिभ स्मोकिङको सम्पर्कमा आएको ३० मिनेटभित्रै रक्तनली प्रभावित हुन थाल्छ । निकोटिन र कार्बन मोनोअक्साइडले धमनीको भित्री तहमा क्षति पुर्‍याउँदा मुटु रोग, हार्ट अट्याक तथा कोरोनरी रोगको जोखिम २५–३० प्रतिशतसम्म बढ्न सक्छ । धुवाँले फोक्सोका कोषिकामा असर पुर्‍याई अस्थमा, ब्रोंकाइटिस र क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज जस्ता समस्या निम्त्याउन सक्छ ।

विशेषगरी बालबालिकाका फोक्सो विकासक्रममा हुने भएकाले प्यासिभ स्मोकिङ उनीहरूका लागि ‘स्लो प्वाइजन’ सरह मानिन्छ । यसले कानको संक्रमण, निमोनिया र अचानक शिशु मृत्यु जोखिम बढाउँछ। गर्भवती महिलामा समयपूर्व प्रसूति वा कम तौलका शिशु जन्मिने जस्ता जटिलता देखिन सक्छन् ।

स्वास्थ्यकर्मीहरूका अनुसार प्यासिभ स्मोकिङबाट जोगिने प्रभावकारी उपाय भनेको धुवाँमुक्त वातावरण सुनिश्चित गर्नु हो । घर तथा सार्वजनिक स्थानमा धूम्रपान निषेधको कडाइका साथ पालना गर्न आग्रह गरिएको छ ।

  • Related Posts

    देशभरका अस्पतालमा एमआरआई र सिटी स्क्यान जस्ता महँगा उपकरणको अवस्था अध्ययन गर्न समिति गठन

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका सरकारी तथा निजी अस्पतालहरूमा जडान गरिएका महँगा मेडिकल उपकरणहरूको प्रयोग र सुरक्षासम्बन्धी विस्तृत अध्ययन तथा अनुगमन गर्न निर्देशन दिएको छ । मन्त्रालयले एमआरआई, सिटी स्क्यान,…

    आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्न अस्पतालहरुलाई मन्त्रालयको निर्देशन

     स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाको समयमा स्वास्थ्य सेवा निरन्तर र प्रभावकारी रूपमा सञ्चालन गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 32 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 27 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 28 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 18 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 32 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि