दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, १६ भदौ । जिल्ला प्रहरी कार्यालय, पर्सा ले बुधबार राति करिब ०७:३० बजेको समयमा बिल विजक भन्दा बढी चक्लेट बोकेको एक भारतीय मालवाहक ट्रक लाई आफ्नो नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा त्यहाँ बाट खटिएको विशेष टोलीले उल्लेखित समयमा वीरगञ्ज महानगरपालिका वडा नं. २४ स्थित सडक खण्डमा PB 13 BA 0247 नम्बरको मालवाहक ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा प्रज्ञापनपत्रमा उल्लेख गरेको भन्दा बढी परिमाणका चक्लेटहरू साथै फरक किसिमका चक्लेटहरू समेत फेला परेको हुँदा उक्त ट्रक नियन्त्रणमा लिई रू. ५० लाख मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि आज राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताएका छन् ।