दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, ३० कार्तिक । नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल को संयुक्त टोलीले मंगलबार दिउँसो करिब ०३:०० बजेको समयमा पर्साको जगरनाथपुर गाउँपालिका वडा नं. ०२ दशौता स्थित सडकखण्ड बाट मत पत्र सहित एकजना भारतीय नागरिकलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय, पर्सा का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार उक्त दिन बि.ओ.पि. भिखमपुर पर्साबाट स.प्र.स.नि. प्रेम बहादुर थापा मगरको कमाण्डमा खटिएको शसस्त्र प्रहरी टोलिले नियमित चेकजाँच गर्ने क्रममा भारतबाट नेपालको दशौता स्थितमा आँउदै गरेको BR 22 W 8002 नं. को भारतिय मोटरसाईक पछाडीको सिटको भागमा हरियो रंगको बोरामा शंकास्पद कागजपत्रहरु बोकी एक जना व्यक्तीले शंकित रुपमा चलाई आँउदै गरेको हुँदा उक्त नं. को मो.सा. रोकी ई.प्र.का. पोखरीया, पर्साबाट खटी गएको प्रहरी अधिकृत सहितको टोलिले कानूनको रीत पुर्‍याई  चेकजाँच गर्दा उक्त हरियो रंगको बोरामा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन सन्बन्धी १५ हजार मतपत्रहरु फेला परेको हुँदा उक्त मतपत्रहरु र उल्लेखित मो.सा. बरामद गरी प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको उल्लेखित नम्बरको मो.सा. चालक भारतको बिहार राज्य जिल्ला पश्‍चिमी चम्पारण नरकटिया ग्राम पंचायत वडा नं. १४ बस्ने अंदाजी बर्ष ४० को ईजाजत अहमदलाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको कुरा सूचना अधिकारी  गिरीले बुधबार बताएका छन्  ।