दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, ०४ माघ । प्रहरी चौकी, ईनर्वा बाट खटिएको नियमित चेकिंग टोलीले मंगलबार दिउँसो करिब ०३:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १६, शंकराचार्य गेट स्थित सडकखण्डमा भारतको रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेका सवारी साधन तथा पैदल यात्रीहरूलाई नियमितरूपमा चेकजाँच गर्ने क्रममा संकास्पदरूपमा आउदै गरेको  वीरगञ्ज महानगरपालिका वडा नं. ०१, छपकैया बस्ने वर्ष २१ को जटाशंकर साह सोनारलाई कानूनी रीतपुर्‍याई खानतलासी गर्दा निजले लगाएको पाइन्टको खल्तीबाट श्रोत नखुलेको भारतीय प्रतिबन्धित रू.५ सय दरको नोट २ सय थान अर्थात् भा. रु. १ लाख फेला परेको हुँदा उल्लेखित रुपैयाँ बरामद तथा निजलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि बुधबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको कुरा प्रहरी बरिष्ठ नायब निरीक्षक टेक बहादुर कार्की ले बताएका छन् ।