दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ३१ भाद्र । जिल्ला प्रहरी कार्यालय, पर्सा ले शनिबार दिउँसो करिब ०४:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १५, ब्रहमचोक स्थित सडक खण्ड बाट प्रतिबन्धित लागु औषध नाईट्रोभेट सहित तीन जना नाबालकहरुलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

उक्त दिन त्यहाँ बाट खटिएको प्रहरी टोलीले उल्लेखित स्थानमा संकास्पदरूपमा धुम्रपान चुरोट सेवन गरिरहेको अवस्थामा तिनजना नावालकहरू क्रमशः भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं. ०७ बस्ने वर्ष १६ को नाबालक, सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका वडा नं. ०२ बस्ने वर्ष १७ को नाबालक तथा बारा जिल्लाको प्रसौनी गाउँपालिका वडा नं. ०३ बस्ने वर्ष १७ को नाबालकलाई कानूनी रीतपुर्‍याई खानतलासी गर्दा सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका वडा नं. ०२ बस्ने १७ वर्षीय नावालकले भिरेको झोलाबाट प्रतिबन्धित लागु औषध नाईट्राभेट १४ पत्तामा ३ सय ३७ पिस ट्याब्लेट फेला परेको हुँदा निज तिनै जनाहरूलाई नियन्त्रणमा लिई यस कार्यालयमा ल्याइ निजहरू विरुद्द लागु औषध सम्बन्धि कसूर मुद्दामा आईतबार पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति प्रदान गरी थप अनुसन्धान कार्य भैरहेको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताएका छन् ।