दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, २५ माघ । वडा प्रहरी कार्यालय, श्रीपुर ले मंगलबार साँझ करिब ०६:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. २५, ड्राइपोर्ट गेट अगाडिको सडक खण्डमा प्रहरी निरीक्षक डिल्ली राज सापकोटा र लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय, वीरगञ्ज बाट खटिएको संयुक्त प्रहरी टोलीले विभिन्न सवारी साधनहरूलाई चेकजाँच गर्ने क्रममा प्रदेश २-०३-००१ क १९३४ नम्बरको ट्रक लाई रोकी चेक जाँच गर्दा मकवानपुर जिल्लाको हेटौडा उप महानगरपालिका वडा नं. ०९ बस्ने क्रमशः वर्ष ४२ को निर्मल पौडेल (चालक), बर्ष ४० को रमेश थापा तथा बर्ष २९ को सुदर्शन खड्काले उल्लेखित नम्बरको ट्रकको चालक बस्ने सिटमुनी सेतो प्लाष्टिकको बोरा भित्र लुकाइ छिपाइ ल्याएको प्रतिबन्धित लागु औषध Onrex 100 ml को १ सय ६६ बोत्तल र Codiwell Cough Syrup ५७ बोत्तल गरी जम्मा २ सय २३ बोत्तल फेला परेको हुँदा प्रदेश २-०३-००१ क १९३४ नम्बरको ट्रक र उल्लेखित परिमाणको लागु औषध सहित निजहरूलाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय, पर्सा मा लगि थप अनुसन्धान कार्य भैरहेको प्रहरी निरीक्षक सापकोटा ले बुधबार बताएका छन् ।