दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, ०४ फागुन । प्रहरी चौकी, बसपार्क ले विशेष सूचनाको आधारमा बुधबार राति करिब ०७:०० बजेको समयमा डाँफे होटल बाट तीन जना मानिसहरू लाई प्रतिबन्धित लागुऔषध सहित आफ्नो नियन्त्रणमा लिएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नं. १६ स्थित रहेको डाँफे होटलमा  तिन/चार जना संकित व्यक्तिहरू बसिरहेको भन्ने समेत व्यहोराको सूचना प्राप्त भई तत्कालै त्यहाँ बाट खटिएको प्रहरी टोलीले कानूनी रीत पुर्‍याई जाँच गर्दा तीन जना सर्लाही जिल्लाको लालबन्दी नगरपालिका वडा नं. ०७ बस्ने वर्ष २० को राजु राना मगर, वडा नं. ०८ बस्ने द्वय क्रमशः वर्ष १९ को राजु मन्सरी तथा वर्ष १९ को विशाल मोक्तान र धादिङ जिल्लाको गजुरी नगरपालिका वडा नं. ०२ बस्ने वर्ष २० को अजय तामाङ ले प्लाष्टिकको झोलामा लुकाइ छिपाइ ल्याएको प्रतिबन्धित लागु औषध  डाइजेपाम-५० एम्पुल, नुरफिन-५० एम्पुल, फेनारगन-५० एम्पुल गरी जम्मा १ सय ५० एम्पुल तथा गाँजा ५ सय ग्राम सहित फेला परेको हुँदा उक्त लागु औषध सहित निजहरूलाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय, पर्सा मा ल्याइ थप अनुसन्धान कार्य भैरहेको कुरा प्रहरी प्रवक्ता डीएसपी दीपक गिरीले बिहीबार बताएका छन् ।