दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, ०५ फागुन । प्रहरी चौकी, बसपार्क ले बिहीबार राति करिब ०७:१५ बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १६ स्थित बसपार्क भानु चोकमा एक जना व्यक्तिलाई प्रतिवन्धित लागुऔषध सहित आफ्नो नियन्त्रणमा लिएको छ ।

उक्त दिन सो व्यक्ति संकास्पदरूपमा हिँडिरहेकोमा त्यहाँ बाट खटिएको प्रहरी टोलीले कानूनी रीत पुर्‍याई चेकजाँच गर्दा चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नं. १० बस्ने वर्ष २० को सुजन ठकुरीले   आफ्नो शरीरमा सेतो टेपले बेरी लुकाइ छिपाइ ल्याएको प्रतिबन्धित लागु औषध  डाइजेपाम-१५ एम्पुल, नुरफिन-१५ एम्पुल, फेनारगन-१५ एम्पुल गरी जम्मा ४५ एम्पुल NITRAZEPAM Tablets लेखिएको २८ पत्तामा २ सय ८० ट्याब्लेट फेला परेको हुँदा उक्त लागु औषध सहित निजलाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय, पर्सा मा ल्याइ थप अनुसन्धान कार्य भैरहेको कुरा शुक्रबार प्रहरी प्रवक्ता डीएसपी दीपक गिरीले बताएका छन् ।