दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, २६ चैत । शुक्रबार राति करिब १०:३० बजेको समयमा विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय, ठोरी बाट प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले पर्सा जिल्लाको ठोरी गाउँपालिका वडा नं. ०२ स्थित हनुमाननगर तर्फबाट ढेडु खोलाको बाटो हुँदै संकाष्पद रुपमा सेतो बोरा बोकी आउँदै गरेका चितवन जिल्लाको लोथर नगरपालिका वडा नं. ०९ बस्ने वर्ष ५७ को राम बहादुर तामाङलाई नियन्त्रणमा लिई रितपुर्वक उक्त बोराको तलासी लिदा निजले बोकेको सेतो रङको बोरा भित्र रातो र पहेलो प्लाष्टिकले बेरी कालो प्लाष्टिकको डोरीले बाधिएको अवस्थामा प्रतिबन्धित लागु औषध गाँजा ६१ क. जी. फेला परेको हूँदा उक्त लागु औषध सहित निज राम बहादुर तामाङलाई नियन्त्रणमा लिइ यस कार्यालयमा ल्याइ निज विरुद्द लागु औषध सम्बन्धी कसुरमा सोही दिन पर्सा जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान कार्य भैरहेको कुरा प्रहरी प्रवक्ता डीएसपी दीपक गिरीले बताएका छन् ।

त्यस्तै आईतबार दिउँसो करिब ०४:४५ बजेको समयमा पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिका वडा नं. ०५, देउरीया स्थित प्रदेशी राउतको घरमा लागु औषध चरेश छ, भन्ने गोप्य सुचनाको आधारमा यस कार्यालयका प्रहरी निरीक्षक प्रज्वल थपलियाका कमाण्डमा वडा प्रहरी कार्यालय, श्रीपुरका प्रहरी निरीक्षक आशुतोष शाही समेतको संयुक्त प्रहरी टोलीले निज प्रदेशी राउत समेतको घर तथा टहरा समेतमा कानूनी रीत पुर्‍याई खानतलासी गर्दा लुकाइ छिपाइ राखिएको प्रतिबन्धित लागु औषध चरेश १ सय १८ के. जी. र गाँजा ४ के. जी. फेला परेको हुँदा उक्त लागु औषध, ओसारपसार तथा किन बेच समेतमा संलग्न रहेका पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिका वडा नं. ०५ बस्ने अंदाजी वर्ष ६० को प्रदेशी राउत (थारु), मकवानपुर जिल्लाको रक्सीराङ गाउँपालिका वडा नं. ०८ बस्ने वर्ष ३८ को रमेश मोक्तान तथा मकवानपुर जिल्ला कै मनहरी गाउँपालिका वडा नं. ०६ बस्ने वर्ष २५ को रोशन मोक्तान हरुलाई फेला पारी नियन्त्रणमा लिइ यस कार्यालयमा ल्याइ निजहरू विरुद्द लागु औषध सम्बन्धी कसुरमा थप अनुसन्धान कार्य भैरहेको कुरा प्रहरी प्रवक्ता डीएसपी दीपक गिरीले बताएका छन् ।