दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, १३ चैत । ईलाका प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा सोमबार बिहान करिब ०२:३० बजेको समयमा पर्सा जिल्लाको कालिकामाई गाउँपालिका वडा नं. ०१, तिनडुबिया बस्ने अन्दाजी वर्ष ३८ को बृजेश प्रसाद कुर्मीले आफ्नै घरमा लागु औषध चरेश लुकाइ छिपाइ राखिएको अवस्था मा त्यहाँ बाट प्रहरी निरीक्षक मोहन विक्रम केसीको कमाण्डमा खटिएको प्रहरी टोलीले  कानूनी रीतपुर्‍याइ निजको घरकोठा खानतलासी गर्दा सो घरको अगाडि बरण्डामा खाटमुनी पहेलो र कालो प्लाष्टिकले बेरिएको ५ सय ग्रामको २० पोका गरी जम्मा ९ के. जी. ८ सय ग्राम लागु औषध चरेश बरामद तथा नियन्त्रणमा लिई पर्सा जिल्ला अदालत बाट ४ दिनको म्याद थप अनुमति लिई थप  अनुसन्धान कार्य भैरहेको कुरा प्रहरी निरीक्षक मोहन विक्रम केसीले बताएका छन्  ।