प्रधानमन्त्री कार्की र कतारी समकक्षी थानीबीच टेलिफोन वार्ता

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले कतारका प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीसँग टेलिफोन वार्ता गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले बिहीबार दिउँसो कतारका समकक्षी अल थानीलाई टेलिफोन गरी पश्चिम एसिया क्षेत्रमा पछिल्ला दिनमा विकसित घटनाक्रमप्रति चिन्ता व्यक्त गरेकी हुन् ।

वार्ताका क्रममा प्रधानमन्त्री कार्कीले कतारमा रहेका करिब तीन लाख साठी हजार नेपाली नागरिकको सुरक्षा र संरक्षण सुनिश्चित गरेकोमा नेपाल सरकार र नेपाली जनताका तर्फबाट धन्यवाद व्यक्त गरेकी थिइन् । उनले कतारमा कार्यरत नेपाली सुरक्षित रहेको जानकारी पाउँदा आफूलाई खुशी लागेको पनि बताइन् ।

प्रधानमन्त्री कार्कीले पश्चिम एसियाको अवस्थालाई नेपालले नजिकबाट नियालिरहेको बताउँदै सबै पक्षलाई संयमित रहन, द्वन्द्वलाई थप नचर्काउन र सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेकी थिइन् । साथै संयुक्त राष्ट्रसंघको बडापत्र, अन्तर्राष्ट्रिय कानुन, जेनेभा अभिसन्धि र मानवीय कानुनको सम्मान र पालना हुनुपर्नेमा पनि उनले जोड दिएकी थिइन् ।

कुनै पनि अवस्थामा युद्ध शान्तिको विकल्प हुन नसक्ने उल्लेख गर्दै उनले संवाद र कूटनीतिक माध्यमबाट मात्र दीर्घकालीन शान्ति सम्भव हुने बताउनुभयो। साथै दुई देशबीचको सम्बन्ध उच्चस्तरीय भ्रमण, आर्थिक तथा सांस्कृतिक सहकार्य र जनस्तरको सम्बन्धमार्फत अझ मजबुत हुने विश्वास व्यक्त गरेकी थिइन् ।

टेलिफोन वार्ताका क्रममा प्रधानमन्त्री कार्कीले कतारप्रति ऐक्यबद्धता व्यक्त गर्दै गैरसैनिक क्षेत्रमा भएको आक्रमणप्रति गहिरो चासो पनि व्यक्त गरेकी थिइन् ।

कतारका प्रधानमन्त्री अल थानीले नेपाल र कतारबीचको सुमधुर र मित्रवत् सम्बन्धको प्रशंसा गरेका थिए । उनले कतारमा रहेका नेपाली नागरिकले त्यहाँको विकासमा महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै उनीहरूलाई कतारी नागरिकसरह सुरक्षा र संरक्षण प्रदान गरिने बताएका थिए ।

अल थानीले वर्तमान परिस्थितिलाई दुर्भाग्यपूर्ण भन्दै आफ्नो देशले सार्वभौमिकता र भूमिको सुरक्षाका लागि मात्र कदम चालिरहेको स्पष्ट पारेक थिए । साथै कतार सधैं शान्तिको पक्षमा रहेको र हिंसात्मक गतिविधिको विरोधी रहेको पनि उनले सो कुराकानीमा बताएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

उनले यस कठिन घडीमा नेपालले देखाएको मित्रता र ऐक्यबद्धताप्रति धन्यवाद व्यक्त गर्दै उहाँले परिस्थिती चाँडै सामान्य हुने विश्वास व्यक्त गरे र आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ र विस्तार गर्नुपर्नेमा पनि जोड दिएका थिए ।

  • Related Posts

    हंगेरीमा १६ वर्षदेखि सत्तामा रहेका प्रधानमन्त्री ओरबानको लज्जास्पद हार

    हंगेरीमा १६ वर्षदेखि सत्तामा रहेका प्रधानमन्त्री भिक्टर ओरबानले निर्वाचनमा पराजय स्वीकार गरेका छन् । सार्वजनिक प्रारम्भिक नतिजापछि उनले परिणामलाई ‘पीडादायी’ भन्दै सत्ता छोड्ने घोषणा गरेका हुन् । राजधानी बुडापेस्टमा समर्थकहरूलाई…

    सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

     नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मुल्य तोलाको ४ सयले घटेर तोलाको २ लाख ९६ हजार ७ सयमा कारोबार भइरहेको…

    पहिलो

    सार्क पत्रकार मञ्चका अध्यक्ष राजु लामाले संयुक्त राष्ट्र संघको CEPA को २५ औं सत्रमा भाग लिदै-

    • April 14, 2026
    • 82 views
    सार्क पत्रकार मञ्चका अध्यक्ष राजु लामाले संयुक्त राष्ट्र संघको CEPA को २५ औं सत्रमा भाग लिदै-

    सभामुख अर्यालको पूर्व सभामुखद्वय घिमिरे र सापकोटासँग भेटवार्ता

    • April 13, 2026
    • 38 views
    सभामुख अर्यालको पूर्व सभामुखद्वय घिमिरे र सापकोटासँग भेटवार्ता

    विनोद भण्डारीको पीएम कपमा दोस्रो शतक, कोशीलाई ३६३ रनको लक्ष्य

    • April 13, 2026
    • 28 views
    विनोद भण्डारीको पीएम कपमा दोस्रो शतक, कोशीलाई ३६३ रनको लक्ष्य

    पीएम कपमा आसिफको कीर्तिमानी दोहोरो शतक

    • April 13, 2026
    • 28 views
    पीएम कपमा आसिफको कीर्तिमानी दोहोरो शतक

    क्रियाशील खारेज होइन, अद्यावधिक गर्दैछौं- महामन्त्री पौडेल

    • April 13, 2026
    • 30 views
    क्रियाशील खारेज होइन, अद्यावधिक गर्दैछौं- महामन्त्री पौडेल

    मन्त्रीहरुको सुनप्रति गोकुल बास्कोटाको टिप्पणी- देश लंका बनिसकेछ !

    • April 13, 2026
    • 28 views
    मन्त्रीहरुको सुनप्रति गोकुल बास्कोटाको टिप्पणी- देश लंका बनिसकेछ !