दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगंज, ०९ श्रावण । सशस्त्र प्रहरी वल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजले बिल बिजकमा उल्लेख भए भन्दा बढी सामान बोकेको एउटा मालबाहक ट्रकलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

विशेष सुचनाको आधारमा मंगलबार बिहान करिब ०३:४५ बजेको समयमा बिरगंज महानगरपालिका वडा नं. ०८, घण्टाघर स्थित सडक खण्डबाट बिरगंजबाट पोखरातर्फ जादै गरेको ना. ०४ ख २६४१ नम्बरको ट्रक प्रस्तावित सिमा सुरक्षा गुल्म का गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक राम जंग पाण्डेको कमाण्डमा खटिएको टोलिले नियन्त्रणमा लिएको हो । किराना सामानहरु रहेको उक्त ट्रकमा बिलबिजकमा मूल्य अभिवृद्धि सहित मुल्य रु. ३१ लाख ७३ हजार ४ सय २५ बराबरको उल्लेख भएको बिल बिजक भन्दा बढी र फरक सामान भएको आशंकामा सामानहरु सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारर्वाहीको लागी राजश्व अनुसन्धान कार्यालय, पथलैया मा पठाईएको कुरा गुल्मपति पाण्डेले बताएका छन् ।