दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २३ फागुन । प्रहरी चौकी, परवानीपुर, पर्साले बिशेष सूचनाको आधारमा बुधबार राती करिब १२:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. २१, हनुमान चोक स्थित सडक खण्ड बाट विभिन्न किसिमका खुद्रा सामानहरू बोकेको एउटा मालबाहक ट्रकलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

उक्त राति वीरगञ्ज बाट राजबिराज तर्फ ना. ३ ख ७५९१ नम्बरको मालवाहक ट्रकमा राजश्व छली चोरी गरी विल विजक भन्दा बढी मालबस्तुहरू लोड गरी जाँदै गरेको अवस्थामा त्यहाँ बाट खटिएको चेकिङ टोलीले उक्त मालवाहक ट्रकलाई नियन्त्रणमा लिई लोड रहेको मालबस्तुहरु ONLINE VCTS विलमा उल्लेखित भन्दा बढी लोड रहेको आसंका रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा उल्लेखित नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिई उक्त मालवाहक ट्रकभित्र लोड रहेको कपडा तथा खुद्रा समानहरू (उल्लेखित विल अनुसार) अंदाजी मूल्य रु. २५ लाख ८८ हजार ९ सय ५७ बराबरको बरामद गरि आवश्यक कारवाहीको लागि आजै राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको कुरा जिल्ला प्रहरी कार्यालय, पर्सा का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताएका छन् ।