दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, २७ बैशाख । प्रहरी चौकी प्रसौनी भाठ्ठा ले मंगलबार दिउँसो करिब ०५:०० बजेको समयमा पर्सा जिल्लाको बिन्दबासीनी गाउँपालिका वडा नं. ०५, प्रसौनी भाठ्ठा पुल स्थित खटिएको चेकीङ टोलीले वीरगञ्ज बाट प्रसौनी भाठ्ठा तर्फ जाँदै गरेको भारतीय नम्बर BR 05 S 4702 को मोटरसाईकल रोकी कानूनी रीतपुर्‍याई खानतलासी गर्दा मोटरसाइकल पछाडि सवार भारतको विहार राज्य, जिल्ला पुर्वी चम्पारण, ग्राम पञ्चायत भेलाही बस्ने बर्ष ४० को धनन्जय कुमार गुप्ताले बोकेको कालो झोलामा स्रोत नखुलेको नेपाली रु. १ हजार दरका नोट ८ सय थान र ५ सय दरको नोट ८ सय थान गरी जम्मा रु. १२ लाख फेला परेको हुँदा मोटरसाइकल चालक विन्दवासिनी गाउँपालिका वडा नं. ०६ बस्ने बर्ष २६ को मुसाहेब आलम र निज धनन्जय कुमार गुप्तालाई उल्लेखित नम्बरको मोटरसाइकल र नगद सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय, पर्सा मा ल्याई नेपाल राष्ट्र बैंक ऐन २०५८ बिरूद्धको कसूरमा बुधबार पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान तथा कारवाही भैरहेको कुरा बरिष्ठ प्रहरी नायब निरीक्षक बिनय कुमार सिंह ले बताएका छन् ।