दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, २६ माघ । प्रहरी चौकी, श्रीसिया (ड्राई पोर्ट) ले बिल विजक भन्दा बढी विभिन्न किसिमका लत्ताकपडाहरू लगायतका मालबस्तुहरू बोकेको दुई वटा मालबाहक ट्रकलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा बुधबार वीरगञ्ज बाट काठमाण्डौ तर्फ गईरहेको मालबाहक ट्रकहरुलाई त्यहाँ बाट खटिएको प्रहरी टोलीले बुधबार राति करिब ०८:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. २५, चण्डालचोक सडक खण्ड बाट ना. ६ ख ४००६ र ना. ६ ख ४६०८ नम्बरको मालवाहक ट्रकहरूलाई रोकी चेक जाँच गर्ने क्रममा सिल बन्द नरहेको साथै विल बिजक संकास्पद देखिएको हुँदा अन्दाजी मूल्य रू. ३६ लाख ८८ हजार ९१ बराबरको ट्रकहरू सहित  सो ट्रकहरू भित्र लोड रहेको लत्ताकपडाहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि बिहीबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको कुरा प्रहरी बरिष्ठ नायब निरीक्षक बिनोद काफ्ले ले बताएका छन् ।