दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, २६ माघ । वडा प्रहरी कार्यालय, विर्ता का प्रहरी निरीक्षक विशाल मल्लको फेरि भेटौला कार्यक्रम सम्पन्न भएको छ ।

बिरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलम ले आफनै कार्यकक्षमा वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल माल्ललाइ फुलको माला लगाइ दोशाला ओढाइ फेरि भेटौला बिदाई  कार्यक्रम गरेका हुन् ।

फेरि भेटौला बिदाइ कार्यक्रममा उप-प्रमुख इम्तियाज आलमले मन्तव्यको क्रममा प्रहरी निरीक्षक विशाल मल्लले गरेको कार्य हामी वीरगन्जवासी कहिले बिर्सिन सक्दैन। यहाँले गरेको कार्यबाट आउने प्रहरी निरीक्षकहरुको लागि प्रेरणाको स्रोत हुनेछ । यहाँको कार्यकालमा अहिलेसम्म कुनै किसिमको गुनासो कहिबाट सुन्न पाईएको छैन र आउने दिनमा हाम्रो शुभकामना छ कि बढुवा भएर फ़ेरि हाम्रो वीरगन्जमा आउनु हुन्छ र वीरगन्जवासीको सम्बन्ध कहिले पनि छुट्ने छैन जस्ता मन्तव्य राख्नु भएको थियो ।

उक्त फेरि भेटौला बिदाई कार्यक्रममा नेपाली कांग्रेस युवा नेता धर्मराज यादव, बिरगंज महानगरपालिका का कर्मचारी नेहा महतो तथा सजाद हुसेन सहभागीता रहेको थियो ।