दीपेन्द्र प्रजापति/कालो झोला ।

बारा, २२ माघ । नेपाल प्रेस युनियनको मधेस प्रदेश समितिको अध्यक्षमा सत्यप्रकाश श्रेष्ठ निर्वाचित भएका छन् ।

बाराको कलैयामा शनिबार बेलुकी सम्पन्न प्रेस युनियन मधेस प्रदेशको प्रथम अधिवेशनले बाराका पुराना पत्रकार श्रेष्ठलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । अधिवेशनबाट अध्यक्षमा श्रेष्ठ सहित २५ सदस्यीय प्रदेश कार्य समिति सर्वसम्मत निर्वाचित भएका हुन् ।

उपाध्यक्षमा धनुषाका अजय साह, समावेशी उपाध्यक्षमा सोम दयाली, महिला उपाध्यक्षमा रमीता नेपाल, महा-सिचवमा बाराका अजय कुमार साह, सचिवमा बाराका सन्तोष पाण्डे, पुस्तिका के. सी. र मनोज माझी तथा कोषाध्यक्षमा पर्साका उदय दास थारु पनि सर्वसम्मत  चयन भएका छन् ।

यसै गरि सदस्यहरुमा पर्साका श्रवण साह, धिरेन्द्र श्रेष्ठ, विजय साह, गिरिराज ओली, सन्जिव साह , मुकेश झा, शैलेन्द्र सिंह, राकेश गुप्ता, सृजा थापा, बब्लु चौधरी, देवेश मल्लिक, नवीन चौधरी, हरिस खुद्दार, पवन मिश्रा, नरेश चौधरी र उतिमलाल कापरी निर्वाचित भएका छन् ।

यस्तै लेखा समितिको संयोजकमा रन्जन खरेल तथा सदस्यमा राहुल गुप्ता र प्रियंका दास चयन भएको प्रेस युनियनका केन्द्रीय महासचिव दिलिप पौडेलले आईतबार जानकारी दिएका छन् ।