फिल्म ‘पाँच पाण्डव’ मा प्रशान्त ताम्राकार र इभा गिरीको प्रवेश

 ठूलो लगानी र नाम चलेका कलाकारहरूको जमघटका कारण चर्चामा रहेको फिल्म ‘पाँच पाण्डव’ को यतिबेला पूर्वी नेपालको झापामा धमाधम छायांकन भइरहेको छ । छायांकन सुरु भएको दुई साता बितिसक्दा निर्माण पक्षले चलचित्रको कलाकार टोलीमा थप दुई पात्रहरूलाई भित्र्याएको छ ।

काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यस फिल्ममा भर्सटायल अभिनेता प्रशान्त ताम्राकार र चर्चित कन्टेन्ट क्रिएटर तथा मोडल इभा गिरीको प्रवेश भएको हो । छायांकनको १४ औं दिनमा उनीहरू सेटमा जोडिएसँगै चलचित्रको क्यानभास अझ फराकिलो बनेको निर्देशक वसन्त निरौलाले जानकारी दिए ।

गत चैत २ गते नेपाल–भारत सीमावर्ती सहर काँकडभिट्टाबाट शुभमुहूर्त गर्दै छायांकन थालिएको यस फिल्ममा नेपाली सिने जगत्का दिग्गज र नयाँ पुस्ताका चर्चित कलाकारहरूको समिश्रण छ ।

फिल्मका मुख्य ‘पाँच पाण्डव’ को भूमिकामा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सागर लम्साल (बले) रहेका छन् । यी पाँच पात्रहरूलाई केन्द्रमा राखेर बुनिएको कथामा महिला मुख्य पात्रका रूपमा दीपाश्री निरौला र जनी गुरुङ देखिनेछन् ।

फिल्मको शीर्षक ‘पाँच पाण्डव’ राखिए पनि यो कुनै पौराणिक वा धार्मिक कथा नभई पूर्ण रूपमा ‘सोसल ड्रामा’ (सामाजिक कथा) भएको लेखक सुशील पौडेलले स्पष्ट पारेका छन् । फिल्मले महाभारतका पाँच पाण्डवका चरित्र र बिम्बलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ ।

प्रस्तुतकर्ता नवीन श्रेष्ठका अनुसार फिल्मलाई भव्य बनाउन बजेटमा कुनै पनि कम्प्रमाइज गरिएको छैन । नवीनले यसअघि गतवर्ष फिल्म ‘लाज शरणम्’ निर्माण गरेका थिए ।

फिल्मको निर्माण काली रानी श्रेष्ठले गरिरहेकी छिन् । ४० दिनको छायांकन तालिका तय गरिएको यस फिल्मको अधिकांश दृश्यहरू झापाका रमणीय र महत्वपूर्ण स्थानहरूमा खिचिनेछ । झापाको सेड्युल सकिएपछि टोलीले अन्य स्थानको लागि यात्रा तय गर्ने निर्देशक निरौलाले बताए । कथा, पटकथा तथा संवाद सुशील पौडेलको रहेको यो फिल्मलाई श्याम तामाङले खिच्दै छन् ।

प्राविधिक रूपमा पनि ‘पाँच पाण्डव’ विशेष हुने देखिएको छ । दर्शकले यो चलचित्रमा ‘फुल डल्बी एट्मस’ साउन्डको गुणस्तरीय अनुभव गर्न पाउनेछन् ।

  • Related Posts

    केकीको चलचित्र ‘स्टेशन’ को शुभमुहूर्त

     पछिल्लो समय चलचित्र ‘बोक्सीको घर’ मार्फत बक्स अफिसमा ऐतिहासिक सफलता हात पारेकी अभिनेत्री तथा निर्मात्री केकी अधिकारीले आफ्नो नयाँ चलचित्र ‘स्टेशन’को निर्माण कार्य औपचारिक रुपमा सुरु गरेकी छिन् । सोमबार…

    बक्स अफिसमा राम नाम सत्य र पहाडको कस्तो छ कमाई ?

     गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ ।  चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बैशाख ५ गते शनिबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार राम नाम सत्यले बक्स अफिसमा राम्रो कमाई…

    पहिलो

    के शहनशिलता को उदाहरन बन्दै इरान

    • May 2, 2026
    • 25 views
    के शहनशिलता को उदाहरन बन्दै इरान

    युरोपमा उत्पादित कार तथा ट्रकमा ट्रम्पले लगाए २५ प्रतिशत कर

    • May 2, 2026
    • 22 views
    युरोपमा उत्पादित कार तथा ट्रकमा ट्रम्पले लगाए २५ प्रतिशत कर

    आइपिएलमा आज चेन्नई र मुम्बईबीच भिडन्त

    • May 2, 2026
    • 23 views
    आइपिएलमा आज चेन्नई र मुम्बईबीच भिडन्त

    अनिलको कप्तानीमा अमेरिका र स्कटल्यान्डविरुद्ध खेल्ने नेपाल ए टिमको घोषणा

    • May 2, 2026
    • 23 views
    अनिलको कप्तानीमा अमेरिका र स्कटल्यान्डविरुद्ध खेल्ने नेपाल ए टिमको घोषणा

    के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?

    • May 2, 2026
    • 22 views
    के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?

    बुद्धको १५ फिट लामो सिंहशैय्यासन 

    • May 2, 2026
    • 25 views
    बुद्धको १५ फिट लामो सिंहशैय्यासन