फिल्म ‘राम नाम सत्य’ को टिजर सार्वजनिक, एक्सन अवतारमा विराज

 चैत २७ गतेबाट प्रदर्शन हुन लागेको एक्सन फिल्म ‘राम नाम सत्य’ को टिजर सार्वजनिक गरिएको छ । टिजरमा अभिनेता विराज भट्टलाई केन्द्रमा देख्न सकिन्छ र उनको हिंसकरुप राखिएको छ । 

आफ्नालाई गुमाएपछि नायक पात्रले लिने बदलामा फिल्म आधारित रहेको टिजरबाट बुझ्न सकिन्छ ।

कोरियोग्राफरको रूपमा परिचित माइकल चन्दको निर्देशनमा बनेको यस फिल्ममा विराजसहित सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, आयुष सिंह ठकुरी, स्व. सुनिल थापा, प्रशान्त ताम्राकार लगायतका कलाकारहरूको अभिनय रहेको छ । टिजरमा दिवंगत अभिनेता सुनिल थापालाई ट्रिबियूट दिइएको छ । 

माइकल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्मका लगानीकर्ता उपेन्द्र शाही र स्वेता विमली हुन् । कार्यकारी निर्मातामा किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार रहेका छन् भने क्रियटिभ निर्माता मोती कार्की हुन् । फिल्ममा बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र नवा अन्सारीको संगीत छ ।

  • Related Posts

    आशा भोसलेले गएकी थिइन् यी नेपाली गीत

    भारतीय संगीत जगतकी प्रख्यात गायिका आशा भोसले ९२ बर्षको उमेरमा धर्तीबाट बिदा भएकी छन् । हृदयघात भएपछि अस्पताल भर्ना भएकी आशाको आइतबार बिहान निधन भएको हो ।   उनको जीवन यात्रा…

    संगीत, संघर्ष, प्रेम र पीडाले भरिएको आशा भोसलेको जीवन

     भारतीय संगीत जगतकी प्रख्यात गायिका आशा भोसले ९२ बर्षको उमेरमा धर्तीबाट बिदा भएकी छन् । हृदयघात भएपछि अस्पताल भर्ना भएकी आशाको आइतबार बिहान निधन भएको हो ।   उनको जीवन यात्रा…

    पहिलो

    काँग्रेसको अनुशासन समितिको बैठक बस्दै, खडकालाई कारवाही गर्नसक्ने !

    • April 15, 2026
    • 8 views
    काँग्रेसको अनुशासन समितिको बैठक बस्दै, खडकालाई कारवाही गर्नसक्ने !

    बिहारमा नितिश युगको अन्त्य, बिजेपीका सम्राट चौधरी नयाँ मुख्यमन्त्री बन्दै

    • April 14, 2026
    • 27 views
    बिहारमा नितिश युगको अन्त्य, बिजेपीका सम्राट चौधरी नयाँ मुख्यमन्त्री बन्दै

    बालेन सरकारको परराष्ट्र नीति: सैन्य गठबन्धनमा सहभागी नहुने, नेपाल प्रथमको अवधारणा आत्मसाथ गरिने

    • April 14, 2026
    • 28 views
    बालेन सरकारको परराष्ट्र नीति: सैन्य गठबन्धनमा सहभागी नहुने, नेपाल प्रथमको अवधारणा आत्मसाथ गरिने

    बागमती प्रदेशमाथि लुम्बिनी ३४ रनले विजयी

    • April 14, 2026
    • 28 views
    बागमती प्रदेशमाथि लुम्बिनी ३४ रनले विजयी

    अण्डाको मूल्यमा वृद्धि

    • April 14, 2026
    • 29 views

    सरकारले माग्यो ‘राष्ट्रिय प्रतिबद्धता’ मा राजनीतिक दलहरुको सुझाव

    • April 14, 2026
    • 28 views
    सरकारले माग्यो ‘राष्ट्रिय प्रतिबद्धता’ मा राजनीतिक दलहरुको सुझाव